के पानीपुरी खानु साँच्चिकै हानिकारक छ?
आँटा वा सुजी मिलाएर तेलमा पकाएर बनाइन्छ, पानीपुरी। पुक्क फुलेको सानो गोलाकार रोटीमा एकातिर सानो प्वाल बनाइन्छ। त्यसमा आलु, प्याज, धनियाँ लगायत मसलाको मिश्रण राखिन्छ। त्यसपछि इमलीपानी वा कागतीपानी हालेर खान सकिन्छ ।
यस किसिमको पानीपुरी भारतको बनारसबाट शुरु भएको बताइन्छ। भारतमा पानीपुरी निकै रुचाइन्छ। अचेल नेपालका हरेक शहरमा पुगिसकेको छ, पानीपुरी।
पानीपुरी किन अस्वस्थ्यकर?
पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई हानि गर्दैन। तर बजारमा उपलब्ध पानीपुरी हानिकारक हुन्छ। किनकी सडकमा पानीपुरी बनाउने तरिका स्वस्थ्यकर हुँदेनन्।
पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै काम अस्वस्थ्यकर ढंगले गरिन्छ। पानीपुरीमा हानिकारक मिसावट पनि गरिन्छ।
पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुन्छ। धनिया, पुदिना, चटनीमा कृत्रिम रंग मिसाएको हुन्छ। पुरीभित्र हाल्न सडेगलेको खानेकुरा प्रयोग गरिन्छ। अमिलो पानीमा मोबिल, ट्वाइलेट सफा गर्ने हार्पिकजस्ता पदार्थ पनि मिसाइएको पाइन्छ।
अस्वस्थकर हुने हुँदा भारत र नेपालका कतिपय स्थानमा पानीपुरी बेच्न रोक लगाइएको छ। अस्वस्थकर पानीपुरी खाँदा त्यसले आन्द्राको क्यान्सर गराउने सम्भावना गराउने चिकित्सकहरू बताउँछन्।
पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ। यसो गर्दा स्वास्थ्य बिग्रेला भन्ने चिन्ता पनि गर्नुपर्दैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण