दुखाइ व्यवस्थापन र फिजियोथेरापी
फिजियोथेरापी दुखाई ब्यवस्थापन गर्न निकै महत्वपूर्ण मानिन्छ । अझ त्यसमा पनि जीवनशैलीसँग सम्बन्धित दुखाइमा फिजियोथेरापी निकै लाभदायक हुन्छ । जनमानसमा दुखिरहेको बेला फिजियोथेरापी गर्न हुँदैन आराम गर्नुपर्छ भन्ने भ्रम छ । यस्तो बेला आराम गर्दा झनै समस्या भएका उदाहरणहरु पनि हामीले उपचारका क्रममा थुप्रै भेट्ने गछौं । यो गलत धारणा हो । जस्तो सुकै दुखाइमा पनि फिजियोथेरापी गर्न सकिन्छ । तर अनुभवी एवम दक्ष फिजियोथेरापिस्टबाट मात्र थेरापी गराउनुपर्छ ।
धेरै दुखेका बेला गरिने थेरापी पनि हुन्छन । बिरामीको अवस्था हेरेर हामी कस्तो थेरापी दिने भन्ने निर्णय गर्छौ । दुखाइ भइरहँदा म्यानुअल थेरापी अर्थात हातको माध्यमबाट दुखाइको प्वाइन्ट पत्ता लगाएर तुरुन्त दुखाइ कम गर्न सकिन्छ । यस्ता दुखाइ केही समयमै कम हुँदै जान्छन्। तर दुखाइमा फिजियोथेरापी गर्न हुँदैन भनेर घरमै बस्दा उल्टो यसले शरीरलाई हानी गर्नसक्छ । औषधिको प्रयोग बिना नै दुखाई कम गर्न सकिन्छ ।
पछिल्लो समय मानिसहरुको बसाई अर्थात पोस्चर , काम गराइ नमिल्दा पनि ढाड, गर्धन, घुँडा आदीको दुखाई बढिरहेको छ । यस्तो दुखाइमा पेनकिलर खाएर केही समयका लािग दुखाइ कम त गर्छ । तर औषधिको डोज सकिएपछि पुन दुख्न थाल्छ । यस्तो बाहिरी दुखाई वा मेकानिकल दुखाईमा फिजियोथेरापी गर्नैपर्छ । यसले निकै फाइदा पुग्छ ।
घरमा गृहिणीहरु घण्टौसम्म भान्सामा उभिएर काम गरिरहेका हुन्छन जसले गर्दा कम्मरमा समस्या देखिन्छ । दुखाई शुरु हुन्छ । यसैगरी कम्युटरमा धेरै काम गर्नेको घाँटी ,गर्धन दुख्ने बढी हुन्छ। यसका साथै बाइक चलाउनेहरुमा कम्मरको दुखाई बढी छ । घरमा बढी तल माथि गरिरहने र बढी मोटा ब्यक्तिहरुमा घुँडा दुख्ने समस्या बढ्दो छ । यस्ता जीवनशैलीसँग सम्बन्धित दुखाइ कम गर्न फिजियोथेरापी उपयुक्त उपचार विधि हो । हामी यहाँ फिजियोथेरापीका विभिन्न विधिहरु जस्तै म्यानुअल थेरापी, इलक्ट्रोथेरापीको प्रयोगगरी उपचार गछौं र दुखाइमा तातो चिसो थेरापी पनि प्रयोग गर्न सकिन्छ ।
फिजियोथेरापी अहिले प्राय हरेक अस्पतालमा एउटा महत्वपूर्ण विभागमा रुपमा स्थापित भइसकेको छ जसमा बिरामीलाई जतिसक्दो चाँडो दुखाई कम गर्दै उसको जीवन सहज बनाउने काम गरिन्छ। फिजियोथेरापिस्टले सिकाएबमोजिम घरमै पनि केही फिजियो आफैले पनि गर्न सकिन्छ । यसो गर्दा दुखाई बल्झिने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
स्पार्क हेल्थ होम अस्पतालका कन्सल्ट्यान्ट फिजियोथेरापिस्ट डा. अनिल महतोसँग गरिएकाे कुराकानीमा आधारित :
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?