Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

टेकु अस्पतालमा दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी आउँछन्

टेकु अस्पतालमा दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी आउँछन्

गर्मीयाममा जमिन तात्छ र सर्पहरू बाहिर निस्कन्छन्। मनसुनकाे समयमा बाढी र डुबानका कारण सर्पको बासस्थानमा पानी पस्दा पनि उनीहरू बाहिर निस्कन्छन्। विशेषगरी नेपालको तराई–मधेशमा गर्मीयाममा सर्पदंशका घटना बढी हुन्छन्। विषालु सर्पले टोकेर र समयमै उपचार हुन नसक्दा कतिको त ज्यानै जान्छ।

पहाडी भेगमा पाइने सर्प त्यति विषालु हुँदैनन् तर तराईका सर्प विषालु हुन्छन्। तराईमा पाइने कोब्रा, गोमन र करेन्ट सर्प अत्यन्तै विषालु हुन्छन्।

गर्मी र बाढीपहिरोजस्तो प्राकृतिक बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० भन्दा बढी बिरामी सर्पदंशको उपचार गराउन आउँछन्। यसरी आउनेमध्ये ८० देखि ८५ प्रतिशतलाई भर्ना गरेर उपचार गरेर उपचार गर्नुपर्छ।

पहाडतिरको सर्पले डस्दा डसेको भाग सुन्निन्छ। तराईतिरको सर्पले टोक्दा स्नायु प्रणाली र मुटुमा असर गर्छ। समयमै उपचार हुन सकेन भने बिरामीको ज्यानै जान पनि सक्छ। त्यसैले जतिसक्दो चाँडो बिरामीलाई अस्पताल पुर्याउनु पर्छ। सबै सर्प विषालु हुँदैनन्। धेरैजसो सर्पले टोकेको भनेर बढी आत्तिने गर्छन्।  सर्पको विषले वाकवाक आउने वा बेहोश हुने समस्या देखिन्छ। सर्पदंशमा परेकाले आत्तिनु हुँदैन।

बिरामीलाई चाँडोभन्दा चाँडो उपचार केन्द्र पुर्याएर ‘एन्टी स्नेक भेनम’ दिनुपर्छ। अस्पताल पुर्याउनुअघि बिरामीलाई सुताएर टोकेको भागभन्दा केही माथि एउटा औँला छिर्नेगरी ‘ब्यान्डेज’ बाँध्नुपर्छ। बिरामीलाई घाउ चलाउन दिनुहुँदैन।

हामीकहाँ उपचारका लागि आउने धेरैजसो बिरामीलाई राति सर्पले टोकेको हुन्छ। त्यसैले सावधानी अपनाउनुपर्छ। कोठामा सर्प लुक्ने खालका फोहोरहरू राख्नुहुँदैन। राति सुत्नुअघि राम्रोसँग कोठाको अवलोकन गर्नुपर्छ। खाटमा तन्ना वा झुल भुइँसम्म लत्रिनेगरी नछाड्ने र सुत्नुअघि ओछ्यानमा राम्ररी हेरेर सुत्ने गर्दा पनि सर्पदंशबाट बच्न सकिन्छ।

घर वरिपरि झार झाडीहरू नराख्ने, मुसाले खनेका प्वालहरू टाल्ने, खाली खुट्टा नहिँड्ने, साना बच्चाहरूलाई यताउता नछोड्ने जस्ता सावधानी अपनाउँदा पनि सर्पदंशबाट बच्न सकिन्छ। अहिले तराईका विभिन्न क्षेत्र डुबानमा परेकाले पानी जमेको भागमा हिँड्दा पनि होश पुर्याउनु पर्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?