लिचीमा विष : भ्रम र यथार्थ
भारतको मुजफ्फरपुरमा लिची खााएर बालबालिकाको मृत्यु भएको समाचार र त्यससितै आएका कुराले भ्रम र डर उत्पन्न गरेको देखिन्छ।
खाना नखाएका बालबालिकाले खाली पेटमा काँचो लिची खाएका कारण उनीहरूको मृत्यु भएको भन्ने विवरण आएको छ। गर्मी बढी भएका बेला सो प्रभाव देखिने कुरा पनि जनाइएको छ।
नपाकेको काँचो लिचीमा रगतमा चिनीको मात्रा घटेको बेला बढ्न नदिने रसायन पाइन्छ, जसले बालबालिकामा बढी प्रभाव पार्छ, त्यो पनि गर्मी बढी भएको बेला।
खाना खााएको पेटमा ठिक्क मात्रामा पाकेको लिची खाँदा असर गर्दैन। बोटबाट सोझै टिपेर खाए पनि यस्तो भएको देखिएको छैन।
अतः पाकेको लिची त्यो पनि अरु खाद्यपदार्थ खाएर खान डराउनुपर्ने कारण देखिँदैन।
डा. आचार्यको फेसबुकबाट साभार गरी सम्पादन गरिएको





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण