लिचीमा विष : भ्रम र यथार्थ
भारतको मुजफ्फरपुरमा लिची खााएर बालबालिकाको मृत्यु भएको समाचार र त्यससितै आएका कुराले भ्रम र डर उत्पन्न गरेको देखिन्छ।
खाना नखाएका बालबालिकाले खाली पेटमा काँचो लिची खाएका कारण उनीहरूको मृत्यु भएको भन्ने विवरण आएको छ। गर्मी बढी भएका बेला सो प्रभाव देखिने कुरा पनि जनाइएको छ।
नपाकेको काँचो लिचीमा रगतमा चिनीको मात्रा घटेको बेला बढ्न नदिने रसायन पाइन्छ, जसले बालबालिकामा बढी प्रभाव पार्छ, त्यो पनि गर्मी बढी भएको बेला।
खाना खााएको पेटमा ठिक्क मात्रामा पाकेको लिची खाँदा असर गर्दैन। बोटबाट सोझै टिपेर खाए पनि यस्तो भएको देखिएको छैन।
अतः पाकेको लिची त्यो पनि अरु खाद्यपदार्थ खाएर खान डराउनुपर्ने कारण देखिँदैन।
डा. आचार्यको फेसबुकबाट साभार गरी सम्पादन गरिएको
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित