आईसीयूमा राख्ने पैसा नभएर उपचार गर्दागर्दै ‘बिरामी घर लग्न मिल्दैन?’ भन्न आउँछन्

आईसीयूमा राख्ने पैसा नभएर उपचार गर्दागर्दै ‘बिरामी घर लग्न मिल्दैन?’ भन्न आउँछन्

कविता सिटौला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी क्रिटिकल केयर नर्स हुन्। ‘पीसीएल नर्सिङ’ सकिनेवित्तिकै तीन महिनाको क्रिटिकल केयर तालिम लिएर उनले पाँच वर्षअघि आईसीयूमा काम गर्न थालेकी हुन्। कविता अहिले क्रिटिकल केयर नर्सेस  एसोसिएसन अफ नेपालकी महासचिव हुन्। एसोसिएसनले देशभरिका नर्सलाई आईसीयूसम्बन्धी तालिम दिँदै आएको छ। यसपालिको नर्सका कुरा’ स्तम्भमा उनै कविताको भोगाइ, उनकै शब्दमा–

सामान्यतया नर्स भनेपछि बिरामीको सेवा गर्नु नै हो। तर एउटा वार्डमा बसेर बिरामीको सेवा गर्नु र आईसीयूमा सिकिस्त बिरामीको रेखदेख गर्नु अत्यन्त फरक हुन्छ। मैले आफ्नो पहिलो जागिर नै आईसीयूबाट शुरु गरेकी हुँ। आईसीयू अत्यन्त संवेदनशील हुन्छ। त्यसै पनि आईसीयूमा बिरामी ल्याउने भनेको उसको शरीरका विभिन्न अंग नचल्ने भएपछि हो। मेसिनको सहाराले अंग चलाउने ध्येयका साथ यहाँ ल्याइने हो। यहाँ आउने बिरामी अत्यन्त नाजुक अवस्थामा हुन्छन्। यस्तो बिरामीलाई हामीले एक मिनेट पनि छोड्न मिल्दैन। हुँदैन। चौबिसै घण्टा ‘मोनिटरिङ’ गर्नुपर्छ। वार्डमा नाइट ड्युटी पर्दा एक छिन ‘रेस्ट’ गर्छु भन्न मिल्छ तर, यहाँ हामी ट्वाइलेट जाँदासमेत अर्को साथीलाई भनेर जानुपर्छ।

यो सरकारी अस्पताल भएकाले पनि यहाँ धेरै बिरामी आर्थिक रूपले विपन्न भएकाहरु पनि आउँछन्। उनीहरूसँग आईसीयूमा राख्न पैसा हुँदैन उपचार गर्दागर्दै ‘बिरामी लग्न मिल्दैन’ भन्न आउँछन्। हामीलाई बिरामी भेन्टिलेटर बिना बाँच्न सक्दैन भन्ने थाहा हुन्छ सम्झाउँछौँ पनि, तर कतिपय बिरामी धुरुधुरु रुँदै ‘म अब राख्न सक्दिनँ’ भनेर निकालेर लग्छन्। त्यो देख्दा साहैै मन पोल्छ।

सरकारले वार्डमा काम गर्ने र आइसीयूमा काम गर्ने नर्सलाई एउटै वर्गमा राखेको छ जबकी आइसीयूमा काम र संवेदनशीलताको हिसाबले पनि बढी लोड हुन्छ । यो कुरा चाहिं बुझीदिए हुन्थ्यो जस्तो लाग्छ । अर्को कुरा आइसीयूमा एक जना नर्स बराबर एक जना बिरामी हुनुपर्छ तर हामीले दुइ तीन जना बिरामी हेर्नुपर्ने बाध्यता छ । जसले गर्दा बिरामीलाई चाहिने जति सेवा दिन अप्ठेरो हुन्छ । यस्ता कुरामा कसैकाे ध्यान गएकाे छैन।  एक सेकेण्डमा बिरामी तलमाथि हुनसक्छ। त्यसैले हामी सधैं चनाखाे भएर बस्छाैं ।

अर्को कुरा आईसीयूमा काम गर्ने हामी नर्सले भेन्टिलेटर कसरी चलाउने, सीपीआर कसरी दिने, डायलाइसिस गर्नुपर्ने बिरामी भए कसरी गराउने, सबै ज्ञान राख्नुपर्छ। आईसीयूमा भएका सबै मेसिन चलाउन जान्नुपर्छ, नर्सले। त्यसो त आइसीयूमा हामी नर्सले के कति काम गर्ने भन्ने एउटा ‘प्रोटोकल’ हुन्छ। त्यहीभित्र बसेर हामीले काम गर्नुपर्छ। मैले यो पाँच वर्षमा धेरै थरीका बिरामीको सेवा गर्ने मौका पाएँ। यो सरकारी अस्पताल भएकाले पनि यहाँ धेरै बिरामी आर्थिक रूपले विपन्न भएकाहरु पनि आउँछन्। उनीहरूसँग आईसीयूमा राख्न पैसा हुँदैन उपचार गर्दागर्दै ‘बिरामी लग्न मिल्दैन’ भन्न आउँछन्।

हामीलाई बिरामी भेन्टिलेटर बिना बाँच्न सक्दैन भन्ने थाहा हुन्छ सम्झाउँछौँ पनि, तर कतिपय बिरामी धुरुधुरु रुँदै ‘म अब राख्न सक्दिनँ’ भनेर निकालेर लग्छन्। त्यो देख्दा साहैै मन पोल्छ। कतिपय बिरामीलाई महिनौँसम्म आईसीयूमा राख्नुपर्ने हुन्छ। बिरामीका आफन्तले ‘अफोर्ड’ नै गर्न सक्दैनन्। बाध्य भएर निकालेर लग्छन्। घरमा पुग्दा नपुग्दै बिरामीको मृत्यु हुन्छ।

एकपटक म ड्युटीमा थिएँ एक जना महिला आइन्। उनका श्रीमान् एक महिनादेखि आईसीयूमा बेहोसी अवस्थामा थिए। ‘मसँग अब पैसा छैन ज्यूदो हुँदै घर लान्छु। यसरी लग्दा १२ सयमा घर पुगिन्छ। यदि यहीँ बिते भने गाडीले लग्न मान्दैन। शववाहनमा लग्न मसँग पैसा छैन’, भन्दै रोइन्। उनकै इच्छा अनुसार हामीले बिरामीलाई भेन्टिलेटरबाट निकालिदियौँ तर, उनले घरसम्म लग्न पाइनन्। भेन्टिलेटरबाट निकालेको १५ मिनेटमै श्रीमानको मृत्यु भयो। उनी ‘मैले आफैँ श्रीमान् मारेँ’ भन्दै रोइन्। हामीले हाम्रो एसोसिएसनबाट उनलाई केही पैसा दियौँ र उनले आफना श्रीमानलाई घर लान सकिन्। यस्ता घटना भइरहन्छन्, जसले मन दुखाउँछन्।  जति नै दुःख र पीडाका घटना देखे पनि आफ्नो कर्तव्य त निभाउनै पर्यो।