‘इन्सुलिन’ लिन भनेर गएका बिरामी लुसुक्क भाग्छन्, तर हामीलाई गाल पर्छ

‘इन्सुलिन’ लिन भनेर गएका बिरामी लुसुक्क भाग्छन्, तर हामीलाई गाल पर्छ

राजेश्वरी धौबन्जार नर्सिङ पेशामा लागेको आठ वर्ष बितेको छ। हाल उनी राजधानीको महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालको ओपीडीमा कार्यरत छिन्। यसपालिको ‘नर्सका कुरा’ स्तम्भमा राजेश्वरीका भोगाइ उनकै शब्दमा–

मैले मेट्रो काठमाडौं अस्पतालमा काम गर्न थालेको आठ वर्ष पुगेको छ। यो अस्पतालमा धेरैजसो मधुमेहका बिरामी आउँछन्। उनीहरुलाई ‘काउन्सिलङ’ गर्ने, औषधिको बारेमा बताइदिने र खानेकुरा कसरी मिलाउने भन्ने जिम्मा सबै हाम्रो भागमा पर्छ।

विशेषगरी मधुमेहका बिरामीले चिकित्सकले दिएको औषधि मात्र खाएर समस्या समाधान हुँदैन। उनीहरूले खानपान र जीवनशैली र औषधि मिलाउन सकेनन् भने समस्या कम हुँदैन। त्यसैले पनि हामीजस्ता नर्सको काम उनीहरूलाई सचेत गराउने हुन्छ।

आम मानिसका अनेक बुझाइ हुन्छन्, नर्सको सन्दर्भमा। धेरैले ‘नर्सहरु छुच्ची हुन्छन्’ भन्छन् तर, मलाई त्यस्तो लाग्दैन।

हामीकहाँ धेरै बिरामी हुने हुँदा कहिलेकाहीँ सबैले सोधेका प्रश्नका उत्तर दिन सकिँदैन। हामी पनि मानिस नै हौँ। व्यवस्थापनमा लाग्दा लाग्दा तनावमा हुन सक्छौँ। हाम्रो ‘इन्टेन्सन’ बिरामीलाई दुःख दिने हुँदैन। धेरै बिरामी हतारमा हुन्छन्। आफूलाई चाँडै ‘रेस्पोन्स’ गरिदिए हुन्थ्यो भन्ठान्छन्। पालो कुर्न झञ्झट मान्छन्। त्यस्तो बेलामा उनीहरूलाई हामी छुच्ची भएजस्तो लाग्छ होला।

हामीकहाँ धेरै बिरामी हुने हुँदा कहिलेकाहीँ सबैले सोधेका प्रश्नका उत्तर दिन सकिँदैन। हामी पनि मानिस नै हौँ। व्यवस्थापनमा लाग्दा लाग्दा तनावमा हुन सक्छौँ। हाम्रो ‘इन्टेन्सन’ बिरामीलाई दुःख दिने हुँदैन। धेरै बिरामी हतारमा हुन्छन्। आफूलाई चाँडै ‘रेस्पोन्स’ गरिदिए हुन्थ्यो भन्ठान्छन्। पालो कुर्न झञ्झट मान्छन्। त्यस्तो बेलामा उनीहरूलाई हामी छुच्ची भएजस्तो लाग्छ होला। तर हाम्रो लागि सबै बिरामी समान हुन्।

मधुमेह रोग दीर्घरोग भएकाले बिरामी ‘फलोअप’ मा आइरहनु पर्छ। डाक्टरले हेरेपछि हाम्रो काम शुरु हुन्छ। हामी बिरामीलाई औषधि कसरी खाने, कुन बेला खानेदेखि लिएर मधुमेह भइसकेपछि अरु जटिलताहरु के के आउन सक्छन् त्योबारे पनि जानकारी दिन्छौँ। कतिपयलाई ‘एक्सरसाइज’हरु सिकाउनपर्ने हुन्छ। त्यसका लागि छुटै विभाग छ त्यहाँ पठाउने काम गर्छौँ। साथै खानामा धेरै जान द्विविधामा हुन्छन्। उनीहरुलाई हामी खानाका बारेमा बुझ्न ‘डाइटिसियन’लाई भेटाइदिन्छौँ।

मधुमेह रोग लागिसकेपछि औषधि खानुको विकल्प छैन यसका साथै शरीरले इन्सुलिन नै उत्पादन नगर्ने अवस्थामा भने बाहिरबाट इन्सुलिन दिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा डाक्टरले इन्सुलिन लगाउन हामी कहाँ पठाउछन्। डाक्टरको अगाडि हुन्छ म लगाउँछु भनेर आउँछन् तर कतिपय बिरामी इन्सुलिन लगाउनुपर्छ भनेर बिचबाटै भाग्छन्।

कतिपय हामीकहाँ आएर बुझ्छन् अनि एक छिनमा आउँछु है भनेर निस्केर जान्छन्। यसको मतलब अझै पनि धेरै बिरामी इन्सुलिन लगाउन मान्दैनन्।

इन्सुलिनबारेमा गलत धारणा छ बिरामीमा। इन्सुलिनले तपाईँको रोगलाई कम गर्छ भनेर हामी कति सम्झाउने कोशिश गर्छौँ। धेरैले लगाउन मान्दैनन्। तर पछि थप जटिलता भएपछि फेरि बाध्य भएर आउँछन्। मैले फार्मेसीबाट इन्सुलिन लिएर आउनुस् भनर पठाएका कति बिरामी उतैबाट सुटुक्क गएका छन्। पछि डाक्टरले हामीलाई गाली गर्छन्।

पहिलेभन्दा अहिलेचाहिँ अलि बुझ्ने भएका छन्। तर पनि एकैचोटी नभए पनि दुई तीनचोटीको ‘काउन्सिलिङ’मा लगाउन आउँछन्। तर अझै यसबारे जनचेतना पुगेको छैन जस्तो लाग्छ।