Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा राजेशलाल गुरुवाचार्यलाई प्रश्न : बच्चालाई ज्वरो किन आउँछ ? (भिडियोसहित)

डा राजेशलाल गुरुवाचार्यलाई प्रश्न : बच्चालाई ज्वरो किन आउँछ ? (भिडियोसहित)

हेल्थ टिभी अनलाइन :  हाम्रो शरीरको सामान्य तापक्रम ९८ दशमलब ६ डिग्री फरेनहाइट हुनुपर्छ । यसमा जिरो दशमलब ६ डिग्री चाहिं तलमाथि हुनसक्छ । यो सामान्य तापक्रमभन्दा माथि शरीरको तापक्रम जान्छ भने ज्वरो आएको भनिन्छ । मेडिकल भाषामा शरीरको तापक्रम १०० दशमलब ४ डिग्री फरेनहाइट भन्दा बढी भएमा ज्वरो आएको मानिन्छ ।

ज्वरो आफैमा कुनै रोग होइन् । यो कुनै रोगको लक्षण हो । ज्वरो आउनुमा कुनै न कुनै कारण हुनसक्छ । ज्वरो भनेकोम्यासेन्जर जस्तै हो । हामीलाई केही कुरा भयो भन्ने जानकारी दिन मोबाइलमा नोटिफिकेसन आए जस्तै तपाइँको शरीरमा केही न केही समस्या हुँदैछ भन्ने जानकारी दिन ज्वरो नोटिफिकेसन जस्तै हो । हामीले नोटिफिकेसन पाएपछि के आएको रहेछ भनेर चेक गरे जस्तै शरीरमा ज्वरो किन आयोत भनेर जाँच गर्नुपर्ने हुन्छ । सुरुमा त यो आफैमा रोग नभएकाले ज्वरो आउनुको कारण के हो नै पत्ता लगाउनुपर्छ । कहिलेकाहीं सामान्य समस्यामा पनि ज्वरो आउनसक्छ भने कहिलेकाहीं ज्वरोले कडा रोगको संकेत गरेको पनि हुनसक्छ । त्यसैले त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ । यसो भन्दैमा ज्वरो आउँदैमा आत्ति हाल्नु पर्दैन ।

बच्चाहरुमा वर्षको ३ \४ पटक ज्वरो आउनुलाई सामान्य नै मानिन्छ । बच्चाहरु बढ्ने भएकाले उनीहरुलाई यो बेला वातावरण परिवर्तन हुने बेलामा छिटो छिटो भाइरल इन्फेक्सन भइरहने हुन्छ जसले गर्दा ज्वरो आउँछ । भाइरल ज्वरोमा बच्चालाई रुघा लाग्ने, खोकी लाग्ने, घाँटी खसखस गर्ने जस्ता लक्षण देखिन्छन् । जुन ५ देखि ७ दिनमा निको हुन्छ । तर यसमा पनि चिकित्सकको सल्लाह लिएर औषधि ख्वाउन सकिन्छ । बच्चाको शरीर सामान्य अवस्थाभन्दा तातो भयो भने सुरुमा त ज्वरो कति छ भनेर नाप्नुपर्छ । यसरी नाप्दा ज्वरो १०० भन्दा बढी छ भने घरमा चिकित्सकले भने बमोजिम पानी पट्टी लगाउन सकिन्छ ।

सुरुमा त यो आफैमा रोग नभएकाले ज्वरो आउनुको कारण के हो नै पत्ता लगाउनुपर्छ । कहिलेकाहीं सामान्य समस्यामा पनि ज्वरो आउनसक्छ भने कहिलेकाहीं ज्वरोले कडा रोगको संकेत गरेको पनि हुनसक्छ । त्यसैले त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ । यसो भन्दैमा ज्वरो आउँदैमा आत्ति हाल्नु पर्दैन । बच्चाहरुमा वर्षको ३ \४ पटक ज्वरो आउनुलाई सामान्य नै मानिन्छ । बच्चाहरु बढ्ने भएकाले उनीहरुलाई यो बेला वातावरण परिवर्तन हुने बेलामा छिटो छिटो भाइरल इन्फेक्सन भइरहने हुन्छ जसले गर्दा ज्वरो आउँछ ।

ज्वरो आउँदैमा तुरुन्तै अस्पताल नै जानै पर्छ भन्ने छैन् । सुरुमा ज्वरो कति छ नाप्न चाहिं पर्छ । डाक्टरको सल्लाह अनुसार केही गर्न सकिन्छ । सामान्य छ बच्चा खेलिरहेको छ, खाना अलिअलि खाइरहेको छ ज्वरोसँगै अरु कुनै लक्षण छैन् भने आत्तिन पर्दैन । तर घरमा घरेलु उपचार गर्दा र सिटामोल खुवाउँदा पनि ५ दिन भन्दा बढी ज्वरो कम नभएमा भने अस्पताल जानुपर्छ । अन्य कारणहरु पत्ता लगाउनुपर्ने हुन्छ ।

तर धेरै अभिभावक आत्ति हालेर भाइरल ज्वरोमा पनि आइहाल्नुहुन्छ । कोही १०५ पुग्दा नि आउनुहुन्न । अर्को कुरा ज्वरो भएको बिरामीलाई स्कूल नपठाएको राम्रो हुन्छ । बच्चालाई ज्वरो आउँदा असजिलो हुन्छ । बान्ता हुने डर हुन्छ । स्कूलमा राम्ररी पढ्न सक्दैन् । आलस्य हुन्छ । ज्वरो कम भएपछि मात्र स्कूल पठाउँदा उसलाई केही आराम हुन्छ । अनि ज्वरो आउँदैमा एन्टीवायोटिक दिन पर्दैन । यो त डाक्टरले जाँच गरेर खानु नै पर्ने भएपछि मात्र दिने औषधि हो । आफूखुशी यो औाषधि दिनै मिल्दैन । धेरै बच्चाहरुमा ज्वरोको कारण भाइरल इन्फेक्सन हुन्छ । त्यसमा त एन्टीवायोटिकको काम नै हुँदैन् ।

सामान्य छ बच्चा खेलिरहेको छ, खाना अलिअलि खाइरहेको छ ज्वरोसँगै अरु कुनै लक्षण छैन् भने आत्तिन पर्दैन । तर घरमा घरेलु उपचार गर्दा र सिटामोल खुवाउँदा पनि ५ दिन भन्दा बढी ज्वरो कम नभएमा भने अस्पताल जानुपर्छ । अन्य कारणहरु पत्ता लगाउनुपर्ने हुन्छ ।

बच्चालाई ज्वरो आयो भनेर फार्मेसीमा गएर आफैले सिटामोल वा अन्य औषधि ल्याएर ख्वाउनु कहिलेकाहीं घातक हुनसक्छ । आफैले यसरी औषधि किनदा सिटामोल नै किन नहोस त्यसको मात्रा रब बच्चाको उमेर तौल अनुसार फरक पर्न सक्छ । डाक्टरले सिटामोल दिंदा पनि बच्चाको उमेर, तौल, शारीरिक बनोट अनुसार औाषधिको डोज मिलाउने गर्छन । जुन फार्मेसीमा हुँदैन । त्यसैले सिटामोल नै दिन परे पनि डाक्टरको सल्लाह बमोजिम मात्र दिनु उचित हुन्छ ।
ज्वरो आउँदा बच्चालाई खानमा रुचि हुँदैन् । त्यसबेला तरल पदार्थ, सानो बच्चा छ भने पातलो जाउलो दिन सकिन्छ । जबरजस्ती गरेर ख्वाउने गर्नुहुँदैन । कसै कसैले घरको खाना खान मानेर केही त ख्वाउनु पर्यो भनेर बाहिरबाट जंकफुड मगाएर पनि ख्वाउने गरेको पाइन्छ । यसो गर्नु बच्चाको स्वास्थ्यका लागि राम्रो होइन । यसले समस्या अझ बढाउँछ । बरु बिस्तारै थोरै थोरै घरमै बनाएका खाना दिनुपर्छ ।

हरेक घरमा बच्चालाई होस् वा वयस्क व्यक्तिलाई ज्वरो बढी आएमा पानीपट्टी लगाउने गरिन्छ । तर यसरी पानीपट्टी गर्दा कहिलेपनि फ्रिजको पानी, आइस वा चिसो पानीले पानीपट्टी गर्नु हुँदैन् । मन तातो पानीले मात्र पानीपट्टी गर्नुपर्छ । पानीपट्टी गर्दा टाउकोदेखि खुट्टासम्म मजाले २० मिनेटदेखि ३० मिनेटसम्म पुछ्ने गर्नुपर्छ । कसै कसैले ५ मिनेट पुछेर ज्वरो कम भएन भन्नुहुन्छ । यो कम्तीमा पनि २० मिनेटसम्म गर्नैपर्छ अनि मात्र बिस्तारे ज्वरो कम हुनथाल्छ । यदि ज्वरो १०४ छ भने १०२ हुँदै १०१ सम्म पुराउने हो र एकैचोटि ९९ मा तल झार्ने होइन । यो प्रक्रिाय क्रमश हुनुपर्छ । अर्को कुरा ज्वरो आएमा धेरैले बच्चालाई गुम्म पारेर झ्याल ढोका थुनेर राख्ने गरेको पाइन्छ । यसो गर्नु हुँदैन । बच्चा भएको कोठाको झ्याल ढोकाहरु खुल्ला गरी हावा आउने बनाउनुपर्छ । यसले ज्वरो कम गर्न मद्दत गर्छ ।

कतिपय घरमा गर्न सकिने प्रयासहरु गर्दा पनि ज्वरो कम भएन भने अन्य केही समस्या छन् की भनेर थप परीक्षणहरु गर्नका लागि विशेषज्ञ डाक्टरको  सल्लाह लिनुपर्छ ।

(बालरोग विशेषज्ञ डा राजेशलाल गुरुवाचार्य ललितपुरको कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।)

भिडियो :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।