Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘बच्चा जन्माउने योजना बनाउनुअघि प्रि-कन्सेप्सन काउन्सिलिङ अत्यावश्यक छ’

‘बच्चा जन्माउने योजना बनाउनुअघि प्रि-कन्सेप्सन काउन्सिलिङ अत्यावश्यक छ’

 हेल्थ टिभी अनलाइन : बच्चा जन्माउने योजना बनाउनुअघि सबै दम्पत्तीले आफनो स्वास्थ्य ठीक छ की छैन् भन्ने बुझ्न जरुरी हुन्छ । आफू स्वस्थ भए मात्र स्वस्थ बच्चा जन्माउन सकिन्छ । त्यसैले कुनै पनि दम्पत्तीले बच्चाको योजना बनाइरहनुभएको छ भने एकपटक आफनो विशेषज्ञ चिकित्सकसँग गएर सल्लाह लिन जरुरी हुन्छ । यस्तो प्रकारको सल्लाहलाई प्रि कन्सेप्सन काउन्सिलिङ भनिन्छ । जसमा चिकित्सकले श्रीमान श्रीमतीको बारेमा जानकारी लिएर आवश्यक परेमा केही स्वास्थ्य परीक्षण गरी बच्चा जन्माउनका लागि उपयुक्त भए नभएको सल्लाह दिने गर्छन । महिलालाई कतिपय अवस्थामा आफूमा के समस्या छ भन्ने जानकारी नै हुँदैन् । त्यही समयमा बच्चाको योजना बनेमा त्यसले पछि आमा र बच्चा दुबैलाई जोखिम हुनसक्छ । त्यही जोखिम नहोस भनेर काउन्सिलङमा आएर परीक्षण आवश्यक हुन्छ ।

त्यसैले हरेक महिलाले बच्चा जन्माउने योजना बन्नुअघि एकपटक म स्वस्थ बच्चा जन्माउन तयार छु की छैन भन्ने बुझ्नैपर्छ । कुनै समस्या भएमा त्यसलाई समयमै पत्ता लगाएर त्यो समस्या कम गरेर मात्र बेबी प्लान गर्न सकिन्छ । यसरी परामर्श लिंदा बच्चामा र आमामा हुन सक्ने जोखिमबाट बचाउन सकिन्छ । विकसित देशहरुमा यो अवधारणा पहिलेदेखि नै छ भने हामीकहाँ भने अझै पनि योजना बनाएर सन्तान जन्माउनेको संख्या निकै कम छ । धेरै महिलाहरु आफू गर्भवती भएपछि मात्र चिकित्सककोमा जाँच्न पुग्ने गरेको पाइन्छ । कतिलाई त आफू गर्भवती भएको पनि धेरै पछि थाहा हुन्छ । यसको मतलब हामीले गर्भवती हुनुलाई सामान्य रुपमा लिएका छौं भन्ने बुझिन्छ । कतिपयको त अनिच्छत गर्भ पनि रहेको हुन्छ । यसको मतलब अहिले नै बच्चा जन्माउने योजना थिएन तर सावधानी अपनाउन नसक्दा गर्भ रहन गयो । यस प्रकारको गर्भले महिलालाई आफू बच्चा जन्माउनका लागि तयार हुन निकै समय लाग्छ । शारीरिक र मानसिक रुपमा आफू तयार भएपछि र स्वस्थ भएपछि मात्र बच्चाको योजना बनाउनु आमा र बच्चा दुबैका लागि फाइदाजनक हुन्छ ।

बच्चा जन्माउनका लागि महिलाको उमेर पनि निकै महत्वपूर्ण मानिन्छ । खासमा महिलाले २५ देखि ३० वर्षको उमेरभित्रै बच्चा जन्माउँदा यो बेला धेरै जोखिमबाट बच्न सकिन्छ । जति जति उमेर बढी हुँदै जान्छ महिला गर्भवती भएपछि जटिलता पनि बढ्ने सम्भावना रहन्छ । त्यसैले उमेरको पनि ख्याल गर्न जरुरी हुन्छ । यदि ३० वर्षपछि बच्चाको योजना बनाएको हो भने विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा परामर्श अनुसार मात्र बच्चा जन्माउनु उपयुक्त हुन्छ ।

यदि महिलामा उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता समस्या भएमा बच्चामा त्यसको सिधा असर पर्नसक्छ  र गर्भ रहन पनि समस्या हुनसक्छ । त्यसैले यसरी परामर्शमा आउँदा ती समस्याहरुको हल गरेर मात्र बच्चाकोबारेमा योजना बनाउन सल्लाह दिइन्छ । त्यही अनुसार औषधि चलाउन सकिन्छ । कसैको दुई वा दुईभन्दा बढी पटक गर्भ खेर गएको छ भने त्यस्ता महिलाको जेनेटिक जाँचहरु आवश्यक हुन्छ । आमा वा बाबुमा कुनै जेनेटिक रोग छ भने त्यो रोग बच्चामा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ। त्यसैले त्यसबारे पनि खुलेर कुरा गर्न जरुरी हुन्छ । यी कुराहरु बेलैमा ख्याल गर्न सकियो भने भोलि गएर अस्वस्थ बच्चा जन्मनबाट जोगाउन सकिन्छ ।

यदि महिलामा उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता समस्या भएमा बच्चामा त्यसको सिधा असर पर्नसक्छ  र गर्भ रहन पनि समस्या हुनसक्छ । त्यसैले यसरी परामर्शमा आउँदा ती समस्याहरुको हल गरेर मात्र बच्चाकोबारेमा योजना बनाउन सल्लाह दिइन्छ । त्यही अनुसार औषधि चलाउन सकिन्छ । कसैको दुई वा दुईभन्दा बढी पटक गर्भ खेर गएको छ भने त्यस्ता महिलाको जेनेटिक जाँचहरु आवश्यक हुन्छ । आमा वा बाबुमा कुनै जेनेटिक रोग छ भने त्यो रोग बच्चामा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ। त्यसैले त्यसबारे पनि खुलेर कुरा गर्न जरुरी हुन्छ । यी कुराहरु बेलैमा ख्याल गर्न सकियो भने भोलि गएर अस्वस्थ बच्चा जन्मनबाट जोगाउन सकिन्छ ।

बच्चा जन्माउनका लागि महिलाको उमेर पनि निकै महत्वपूर्ण मानिन्छ । खासमा महिलाले २५ देखि ३० वर्षको उमेरभित्रै बच्चा जन्माउँदा यो बेला धेरै जोखिमबाट बच्न सकिन्छ । जति जति उमेर बढी हुँदै जान्छ महिला गर्भवती भएपछि जटिलता पनि बढ्ने सम्भावना रहन्छ । त्यसैले उमेरको पनि ख्याल गर्न जरुरी हुन्छ । यदि ३० वर्षपछि बच्चाको योजना बनाएको हो भने विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा परामर्श अनुसार मात्र बच्चा जन्माउनु उपयुक्त हुन्छ । किनकी यो बेला ३० वर्ष अघिको गर्भभन्दा दोब्बर जटिलता हुनसक्छ । त्यसैले प्रि कन्सेप्सन काउन्सिलिङमा यी कुराहरुको पनि सल्लाह दिने गरिन्छ । जसले गर्दा दम्पत्ती पहिले नै आउनसक्ने समस्याबारे चनाखो रहन सक्छन् ।

यसरी बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग काउन्सिलङमा आउँदा पहिलो कुरा त आफूमा केही समस्या भए नभएको पत्ता लाग्छ । अर्को कुरा यदि केही समस्या भएमा त्यसको हल गरेर मात्र बच्चाको योजना बनाउन सकिन्छ। यसैगरी महिला आमा बन्दा बच्चा र आमा दुबैलाई ज्यानकै जोखिम हुन्छ भने त्यसबारे बेलैमा सचेत हुन सकिन्छ । यसले महिला र पुरुषलाई बच्चाको जिम्मेवारी बोध गराई अझ मानसिक र शारीरिक रुपमा तयार हुन सहयोग गर्छ ।