Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘थाइराइडका बिरामीका लागि छुट्टै डाइट भन्ने हुँदैन्’

‘थाइराइडका बिरामीका लागि छुट्टै डाइट भन्ने हुँदैन्’

प्रतिमा सेन,  क्लिनिकल डाइटिसियन, आरुस लाइफस्टाइल अस्पताल

जब कुनै व्यक्तिलाई डाक्टरले तपाइँलाई थाइराइडको समस्या छ भनेर भन्छन् त्यसबेला नै बिरामीले गर्ने पहिलो प्रश्न नै अब मैले के के खानेकुरा खान हुन्न भन्ने हुन्छ । साँच्चिकै थाइराइडमा खानाबारे निकै भ्रमहरु देखिन्छ । विशेष गरी काउली बन्दा, गाजर, मुला, ब्रो काउली खानै हुँदैन हो भनेर धेरै जना आउनुहुन्छ । जुन गलत हो । कुनै पनि खानेकुरा धेरै खाएको राम्रो होइन । यी खानेकुरा पनि ठिक्क मात्रामा खान सकिन्छ । थोरै मात्रामा खाँदा त्यसले केही पनि हानि गर्दैन । तर एकैपटक धेरै चाहिं नखान सल्लाह दिइन्छ ।

थाइराइडका कति बिरामीले ग्लुटेन फ्रि खानेकुरा खान हुन्न भन्ने पनि भ्रम छ । यसैगरी सोयाबिन खान हुन्न भनेको पनि सुन्छौं । तर यसमा पनि कुनै सत्यता छैन । बुझ्न पर्ने कुरा कुनै पनि खानेकुरा एकैपटक धेरै मात्रामा नखाएर ठिक्क खाएमा केही असर गर्दैन । कतिपय बिरामीले थाइराइडको स्पेसल डाइट केही हुन्छ की भन्नुहुन्छ । थाइराइड हर्मोन गडबडीका कारण हुने रोग हो यो रोगले तपाइँले खाएको खानासँग सिधै र खासै सरोकार राख्दैन । यसो भन्दैमा जे पनि खाने भन्ने होइन । स्वस्थकर खाना, पौष्टिक खाना मजाले खान मिल्छ । डाक्टर तथा डाइटिसियनको सल्लाह लिएर खानाबारे स्पष्ट हुन सकिन्छ । थाइराइडकै लागि भनेर स्पेसल डाइट भन्ने हुँदैन । स्वस्थकर र पौष्टिक खानेकुरा थाइराइडका बिरामी मात्र होइन सबैले खानुपर्छ । अन्य व्यक्तिहरुले जस्तै सन्तुलित खाना खाने, शारीरिक व्यायाममा ध्यान दिने गरेमा थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ ।

यसैगरी पिनट्स, सोया प्रडक्ट खानेकुरा खान हुन्छ की हुँदैन भनेर धेरैले सोध्नुहुन्छ । यी खानेकुरा पनि ठिक्क मात्रामा खान हामी सल्लाह दिन्छौं सकेसम्म प्रोसेस्ड खाना नखाएकै राम्रो । यसले कसैलाई पनि फाइदा गर्दैन । नियमित एक्सरसाइज गर्ने , डाक्टरको सल्लाह बमोजिम औषधिको सेवन गर्ने, स्वस्थकर खाना खाने गरेमा यसलाई नियन्त्रणमा राखेर वर्षौसम्म बिना कुनै जटिलता स्वस्थकर जीवन यापन गर्न सकिन्छ ।

हाइपो थाइराइड भएका बिरामीहरुमा मोटोपनको समस्या बढी हुने भएकोले मोटोपन घटाउन तर्फ भने ध्यान दिनुपर्छ । ती बिरामीका लागि भने केही खाना नखानुस वा कम गर्नुस भन्ने सल्लाह दिन्छौं । जस्तै ती बिरामीले विशेषगरी भात, आलु, मैदाबाट बनेका खानेकुरा, बढी गुलियो अरु भन्दा बढी क्यालोरी हुने खानेकुरा कम खानुपर्छ । यस्तो अवस्थामा थाइराइडले हो मोटाएको भनेर यत्तिकै बस्न हुँदैन । डाइटिसियनसँग सल्लाह गरेर कसरी वजन कम गर्ने एक्सरसाइजहरु सिक्न सकिन्छ । यसो गर्दा वजन कम गर्न मद्दत मिल्छ ।

त्यसैले खानेकुराको भ्रमको पछि लागेर भन्दा पनि विज्ञको सल्लाह बमोजिम औषधि र शारीरिक व्यायाममा ध्यान दिने र सन्तुलित भोजन गर्न तर्फ लाग्नु नै उत्तम हुन्छ ।

  (क्लिनिकल डाइटिसियन प्रतिमा सेन आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।