Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धूमपान र प्रदूषित वातावरणका कारण बढ्दैछ दमराेग

धूमपान र प्रदूषित वातावरणका कारण बढ्दैछ दमराेग

बढ्दो आधुनिकतासँगै विकास निर्माणका कामले होस् वा पुरानो सवारी साधनको प्रयोगले वातावरण प्रदूषण बढाउन ठूलो भूमिका खेलेको छ। यसले मानिसमा अन्य रोगका साथै श्वासप्रश्वाससम्बन्धी समस्या बढाइरहेका छन्। प्रदूषणकै कारण लाग्ने रोगहरूमध्ये एक हो, दम। यद्यपि दम हुने अन्य कारण पनि छन्।

दम भनेको दीर्घखालको रुघाखोकी हो, जसलाई सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) भनिन्छ। यो समस्या लामो समयसम्म धूमपान गर्ने, दाउराको प्रयोग गरी खाना पकाउने तथा धुलोधुवाँमा रहेर काम गर्ने मजदुरमा हुन्छ। प्रदूषणका कारण श्वास फेर्ने क्रममा धुवाँ धुलो जम्मा भएर श्वासनली साँघुरो बन्न पुग्छ। फलस्वरूप श्वास फेर्न अप्ठ्यारो हुन्छ। हावाको प्रवाह पनि कम हुन्छ।

दमले उमेर भन्दैन बालकदेखि वयस्क सबैलाई यो हुन्छ। बच्चाहरूमा हुने र प्रौढमा हुने दमको प्रकृति धेरै फरक छ। बच्चाहरूमा हुने दमलाई ‘ब्रोङ्कियल आज्मा’ भनिन्छ। ३५\४० वर्ष भन्दा माथिकामा हुनेलाई सीओपीडी नाम दिइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व मापदण्ड भन्दा कैयौँ गुणा बढी प्रदूषण भएको छ। नेपालको राजधानी काठमाडौंको सन्दर्भमा कुरा गर्दा यो साँघुरो खाल्डो भएकाले यहाँ उत्पन्न धुवाँधुला उडेर धेरै माथि जान पाउँदैन, बढीमा ६,८ मिटर मात्रै माथि पुग्छ। बिस्तारै फेरि तल आइपुग्छ। यस्तो प्रदूषित वायुमा श्वास फेर्दा के होला, हामी सहजै अनुमान गर्न सक्छौँ।

ब्रोङ्कियल आज्मा भनेको मुख्य रूपमा धुवाँ धुलो चिसो तथा एलर्जीबाट हुन्छ। सीओपीडी चुरोटको धुलोधुवाँ तथा निकोटिन लामो समयसम्म सेवन गर्ने महिला पुरुष दुवैमा असर हुन्छ। नेपालको सन्दर्भमा पुरुषहरूमा निकोटिन पदार्थको सेवनले र महिलाहरूमा खाना पकाउने क्रममा चुह्लोबाट निस्किएको धुवाँका कारण यो समस्या भएका पाइएको छ। लामो समयसम्म धुलो धुवाँको सम्पर्कमा रहिरहने मजदुरहरूमा पनि यो समस्या देखिएको छ। बढ्दो शहरीकरण र बाटोघाटो दूरवस्था, पुराना सवारीसाधनबाट निस्कको धुवाँका कारण यो समस्या अरुमा पनि बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व मापदण्ड भन्दा कैयौँ गुणा बढी प्रदूषण भएको छ। नेपालको राजधानी काठमाडौंको सन्दर्भमा कुरा गर्दा यो साँघुरो खाल्डो भएकाले यहाँ उत्पन्न धुवाँधुला उडेर धेरै माथि जान पाउँदैन, बढीमा ६,८ मिटर मात्रै माथि पुग्छ। बिस्तारै फेरि तल आइपुग्छ। यस्तो प्रदूषित वायुमा श्वास फेर्दा के होला, हामी सहजै अनुमान गर्न सक्छौँ।

अब त बिस्तारै चिसो पनि बढ्दैछ। धुवाँधुलो उड्ने क्रम धेरै हुनाले शरीरमा इन्फेक्सन बढाउँछ। श्वासप्रश्वाससम्बन्धी मात्र नभई अन्य रोगको कारण बनिदिन्छ। अहिले छिमेकी देश भारतको दिल्लीको प्रदूषणको चर्चा चलेको छ। त्यसको प्रभाव नेपालसम्म पर्ने बताइएको छ। धुवाँले राजधानीलाई असर गर्दैन भन्न त मिल्दैन। तर काठमाडौंको बनावटका कारण त्यहाँको हावा आउन केही समय लाग्छ।

नेपालजस्तो देशका लागि दमको कारक परम्परागत चुह्लो पनि हो। यसलाई बिस्तारै आधुनिकीकरण गर्नुपर्छ। विद्युतीय चुह्लो प्रयोगलार्ई बढावा दिनुपर्छ। चुरोट, बिँडीजस्ता पदार्थको लत गर्नु हुँदैन। रहेको भए छाड्नेतर्फ अग्रसर हुनुपर्छ। धूमपानको बानी भएका र छाड्न नसकेकाहरूले पनि परिवारका सदस्य वा बालबालिकालाई यसबाट बचाउनुपर्छ। धूमपान गर्नेलाई भन्दा नजिकै रहेकालाई बढी असर गर्छ भन्ने तथ्य मनन गर्नुपर्छ।

श्वासप्रश्वाससम्बन्धी समस्या भए तुरुन्त चिकित्सककोमा जानुपर्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धालाई यसले बढी असर गर्ने भएकाले विशेषज्ञको सल्लाह लिनुपर्छ। दमको समस्या भइसकेकाहरूले चिकित्सकले दिएको सल्लाहअनुसार औषधि सेवन गर्नु नै बुद्धिमानी हुन्छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या