Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माइग्रेन अर्थात् टाउको दुख्ने राेग

माइग्रेन  अर्थात् टाउको दुख्ने राेग

कुल जनसंख्याको ९० प्रतिशत मानिसलाई जीवनमा कुनै एक वा अर्को समयमा टाउको दुख्छ। यसमध्ये पनि मानिसको टाउको दुखाइ सामान्य किसिमको हुन्छ भने १० प्रतिशतको गम्भीर समस्या हुनसक्छ, जसको विस्तृत जाँचको आवश्यकता पर्छ।

के हो माइग्रेन?

टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो। तपाईँहरूमध्ये कतिले यो नाम सुन्नु भएको पनि होला। यो टाउको दुखाइमा बारम्बार आउने असहज रूपमा एकातिरको टाउको ‘बलक बलक’ गरेर दुख्छ। वाकवाक लाग्ने या बान्तै हुने खालको टाउको दुखाइ हुन्छ। दुखाइ यति कडा हुन्छ कि मानिस मर्ने\बाँच्ने दोसाँधमा पुगेको जस्तो महशुस हुन्छ। दुखाइ बढ्दै गएपछि अँध्यारो कोठामा एक्लै बस्न मन लाग्ने आवाजै सुन्न मनै नपर्ने हुन्छ। यस्तो रोग चार घरमध्ये एउटा घरभित्र देखिन्छ।

केही वर्षअघि ससांरभरिकै न्य”रोसम्बन्धी डाक्टरहरू याे रोगबारे छलफल गर्न अमेरिकामा भेला भएका थिए। उनीहरूका अनुसार यो लोग्ने मानिसमा भन्दा महिलामा चार गुणा धेरै देखिन्छ। ६५ प्रतिशत महिलालार्ई महिनावारी आसपासमा टाउको दुख्छ। कतिलाई महिनावारी सुकेपछि दुख्न छाड्छ।

कसरी हुन्छ?

यसको ठोस कारण अझसम्म पनि थाहा भएको छैन। यो रोगको कारणको बारेमा वैज्ञानिकहर”को विभिन्न किसिमको सोचाइ रहेको छ। त्यस मध्य एक किसिमको सोचाइ रहेको छ। त्यसमध्य] एक किसिमको सोचाइमा रगतको नसा खुम्चिने र क्रमश: फैलिने गर्नाले टाउको दुखेको मानिन्छ। रगतको नसामा दुखाइ थाहा हुने नसा स्नायु हुन्छ जुन टन्किन्छ र टाउको दुख्न थाल्छ। यदि तपाईकोे बाबुआमा दुवैलाई यो रोग छ भने तपाई यो रोग लाग्ने सम्भावना ७५ प्रतिशत र यदि एक मात्र परिवार सदस्यलाई भएमा ५० प्रतिशत हुन्छ। माइग्रेन दुईथरीको हुन्छ।

क्लासिकल माइग्रेन

यसमा टाउको दुख्न लागेको अनुभूति पहिलै नै हुन्छ। आँखामा कालो धब्बा देखिने या चम्किलो धागो तोरिको फूल जस्तै चारैतिर चम्किलो फुलहरु देखापर्ने जस्तो देखिने हुन्छ। कसैलाई ओठ मुख या हात लाटो हुने या झमझमाउने हुन्छ। छारे रोगमा जस्तै हरेक पटक यसको आभास एकैनासको हुन्छ। यस्तो पाँच देखि १५ मिनेट सम्म रहन सक्छ। यो लगत्तै पछि एकापट्टिको टाउको दुख्न थाल्छ र बिस्तारै दुवैतिर सर्दै जान्छ। वाकवाक लाग्ने वा बान्तै हुनेसम्म हुन्छ। क्लासीकल माइग्रेन १० प्रतिशत व्यक्तिमा मात्र देखिन्छ।

कमन माइग्रेन

यस प्रकारको माइग्रनमा पूर्वआभास बिना नै अचानक टाउको बलकबलक गरेर दुख्न थाल्छ। यस्तो टाउको दुखाइ एक पाखो वा दुवै पाखो हुनसक्छ र हरेक पटक फरक किसिमले दुख्छ। यो ९० प्रतिशत मा देखिने भएकोले यसलाई नाम माइग्रेन भनिन्छ। एक पटक दुख्न थालेपछि केही घण्टादेखि केही दिनसम्म रहन सक्छ।

एक संक्षिप्त जानकारी : अन्नपूर्ण न्यूरो अस्पताल

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।