Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग गरेको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुराउने व्यक्ति संघ संस्थासँग आवेदन माग गरेको हो । सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्ने व्यक्ति तथा संघ संस्थाबाट गरी ६ जनालाई मे ३१ का दिन विश्व धुम्रपानरहित दिवसमा उक्त पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारका लागि यही जेठ ६ गतेभित्र आफूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पुराएको योगदानको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयमा वा सचिवालयको इमेल [email protected] मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार