स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग गरेको छ ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुराउने व्यक्ति संघ संस्थासँग आवेदन माग गरेको हो । सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्ने व्यक्ति तथा संघ संस्थाबाट गरी ६ जनालाई मे ३१ का दिन विश्व धुम्रपानरहित दिवसमा उक्त पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारका लागि यही जेठ ६ गतेभित्र आफूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पुराएको योगदानको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयमा वा सचिवालयको इमेल [email protected] मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?