Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

म्याग्नसले ल्यायाे मधुमेहका बिरामीका लागि नयाँ ग्लिफाज नामक औषधि

म्याग्नसले ल्यायाे मधुमेहका बिरामीका लागि नयाँ ग्लिफाज नामक औषधि

काठमाडाैं : म्याग्नस फर्माले विश्वव्यापी रूपमा नयाँ तथा अत्यन्त प्रभावकारी मानिएको ‘इम्पाग्लिफ्लोजिन’ नामक मधुमेहकाे औषधि बजारमा ल्याएको छ।

छोटो समयमा नै बजारमा नयाँनयाँ अाैषधि  उत्पादन गरेर स्वास्थ्यकर्मी माझ सफल म्याग्नसले ब्राण्ड नेम ‘ग्लिफाज’ का साथ याे औषधि नेपाली बजारमा ल्याएको हाे।

इम्पाग्लिफ्लोजिन संसारभर नै मधुमेहका बिरामीका लागि अत्यन्त प्रभावकारी मानिएको औषधि हो। प्रायजसो मधुमेहको औषधिले ‘प्याक्रियाज’मा गएर काम गर्ने र ‘इन्सुलिन’को मात्रा वा प्रभावकारिता बढाउने काम गर्छ। गर ग्लिफाजले भने मिर्गौलामा हुने ‘ग्लुकोज’को ‘रि अब्जर्बसन’ घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई पिसाबमार्फत बाहिर पठाई मधुमेहको सफल उपचार गर्छ।

विश्वभर राम्रो बजार तथा उत्पादन भए पनि नेपालको सन्दर्भमा  इम्पाग्लिफ्लोजिनका लागि मधुमेहको बिरामीले आयातित ब्राण्डमा नै निर्भर रहनुपरेको थियो, जुन महँगो थियो र सर्वसुलभ पनि थिएन। म्याग्नस् फर्माले बाहिरको ब्राण्डभन्दा  झण्डै आधा कम मूल्यमा ग्लिफाज बजारमा ल्याएको म्याग्नस फर्माका बजार प्रबन्धक सुधीरप्रकाश मास्केले बताए।

आयातित ब्राण्डको १० एमजी ट्याब्लेटलाई बिरामीले  ७५ रूपैयाँसम्म तिर्नुपर्छ। तर, म्याग्नस फर्माद्वारा उत्पादित ग्लिफाज १० एमजीको बजार मूल्य ४५ रूपैयाँ तोकिएको छ।  ‘हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरको नै औषधि सस्तोमा उत्पादन गरेको छौँ’, मास्केले भने, ‘यसले गर्दा बिरामीलाई अार्थिक बाेझ कम हुनेछ।’

म्याग्नस फर्माद्वारा उत्पादित ग्लिफाज हाल ५ र १० एमजीमा उपलब्ध रहेकाे र चाँडै २५ एमजीमा पनि ल्याउने मास्केले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार