विविध कार्यक्रम गरी विश्व फर्मासिस्ट दिवस मनाइँदै
काभ्रे : विश्व फर्मासिस्ट दिवसकाे अवसरमा काठमाडौं विश्वविद्यालय परिसर धुलिखेलमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। ‘लेट्स वाक फर द वेलफेयर अफ फार्मेसी प्रोफेसन’ नाराका साथ प्रभातफेरी निकालिएकाे काठमाडौं विश्वविद्यालयका फर्मासिस्ट निरज बर्तौलाले जानकारी दिए।
हरेक अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने नीति कार्यान्वयन गराैँ, औषधि बिक्री फर्मासिस्टले मात्र गराैँ, अवैध औषधि पसल बन्द गर, इजाजतप्राप्त फर्मासिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानी बसालौँ लगायत नारा लेखिएका पम्प्लेट लिएर विद्यार्थी प्रभातफेरीमा सहभागी थिए।
यस्तै नेपाली स्वास्थ्य क्षत्रमा फर्मासिस्टको भूमिकाबारे हस्पिटल फर्मासिस्टहरूसँग अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियाे।
बिरामीलार्इ निकाे पार्न चिकित्सककाे जति भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टकाे पनि हुने भन्दै सेप्टेम्बर २५ मा विश्वभरि नै फर्मासिस्ट दिवस मनाइन्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य