मधुमेहमा व्यायामको महत्व
हेल्थ टिभी अनलाइन\ काठमाडौं : मधुमेह रोगमा नियमित व्यायामको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। नियमित व्यायामले हाम्रो शरीरमा विभिन्न सकारात्मक असरहरु पुराउँछ । नियमित व्यायामले गर्दा हाम्रो मांसपेशीहरु चलेपछि मांसपेशीहरुले ग्लुकोजलाई खाएर ग्लुकोजलाई रगतमा घटाउँदछन्।
यसरी घटाउनाले विभिन्न शारीरिक समस्याहरुबाट जोगिइन्छ। नियमित व्यायाम गरेपछि हाम्रो विभिन्न अंगहरु, पार्टपूर्जाहरु, निरोगी रहन्छन्। व्यायाम गर्नाले कोलेस्ट्रोललाई पनि घटाउँछ। खराब कोलेस्ट्रोललाई घटाउँछ र राम्रो कोलेस्ट्रोललाई बढाउँछ। रक्तचापको पनि नियन्त्रण गर्न मद्दत गर्छ। नियमित व्यायाम गर्दा राम्रो निदा पर्दछ,स्वस्थ र फूर्तिलो हुन्छ, चिन्ता पनि कम हुन्छ।
मधुमेहमा व्यायाम गर्नाले पेट घट्छ। जस्तै हिँड्नु, ब्याडमिन्टन खेल्नु, टेनिस खेल्नु, क्रिकेट खेल्नु आदि। नियमित व्यायाम भन्नाले चलायमान खालको व्यायाम बुझिन्छ। मोटामोटी हप्तामा कम्तीमा ५ दिन, कम्तीमा दिनमा एकपटक ३० मिनेट वा त्यो भन्दा बढी लामो समयसम्म चलायमान खालको व्यायाम गर्नुपर्दछ। वृद्ध मान्छेलाई आँखाको समस्या र शारीरिक असुन्तलनले गर्दासडक दुर्घटनामा पर्ने सम्भावना धेरै हुन्छ त्यसैले आँखा जचाँएर तेजिलो बनाउनुपर्छ र शारीरिक सन्तुलन बनाएर राख्नु पर्दछ। शारीरिक सन्तुलनको समस्या छ भने वृद्ध मान्छेहरु एक्लै नहिँड्दा नै बेस हुन्छ। साथी लिएर जानुहोला र आफूलाई मन पर्ने व्यायाम गर्नुहोला। मधुमेहका बिरामीलाई मुटुको पनि समस्या हुने हुँदा चिसोमा बिहानै व्यायाम गर्न ननिस्कने सल्लाह दिइन्छ। चिसोमा हिँडेमा मुटु रोगको जोखिम बढ्न सक्छ। व्यायाम गर्दा बिस्तारै शुरु गर्नुपर्छ। हिँड्न सकिएन भने साथीसित बसेर नाच्ने पनि गर्न सकिन्छ।
व्यायाम गर्ने जागर पटक्कै निकाल्न सकिएन भने व्यायाम सिकाउने व्यक्तिकोमा दैनिक गएर सिक्न सकिन्छ।
व्यायाम गर्दा ध्यान दिनुपर्ने कुराहरु:
आफ्नो शरीरको आधारभूत जाँच गराउँनुहोस,चिकित्सकसँग सल्लाह लिनुहोस्। अत्तालिएर धेरै व्यायाम गर्न खोज्नु बुद्धिमानी हुदैँन। आफ्नो ज्यानले बताए अनुसार व्यायाम गर्नुहोस्। आज एकै पल्ट बढी हिँड्ने र भोलिपल्ट थला परेर बस्नु पनि राम्रो हुदैँन। व्यायाम गर्दाखेरि प्रशस्तै पानी पिउँनुहोस् र सजिलो जुत्ता लगाउनुहोस्। व्यायाम गर्ने साथीलाई सुगर ह्वात्तै झरेको संकेत के हो र त्यसो भएमा के गर्ने भनी जानकारी गराउनुहोस्।
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईद्धारा लिखित ‘चिनी रोगसँग जिउने तरिका’ पुस्तकबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण