काँचो केरा खानुहोस्, यी समस्याबाट मुक्ति पाउनुहोस्
हेल्थ टिभी अनलाइन : केरा बजारमा बाह्रै महिना पाइन्छ। पाकेको केरामा अत्याधिक पोषणतत्त्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। काँचो केरा पनि कम हितकर छैन। काँले शरीरमा आइरनको पूर्ति मात्र हुँदैन, कैयौँ रोग लाग्नबाट बचाउँछ।
काँचो केरा पोटासियमको भण्डार हो। यसमा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ। यसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ।
कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ। फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन र विस्तारै कब्जियतको समस्या समाधान हुन्छ। काँचो केरा ग्यास्ट्रिक समस्या भएकाका लागि समेत लाभकारी छ।
अनावश्क रूपमा तौल बढेको छ भने काँचो केरा खानुहोस्, त्यसले तौल बढ्न दिँदैन। नियमत रूपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलियो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन।
मधुमेहका बिरामीका लागि काँचो केरा उपयाेगी मानिन्छ। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि हो।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन