गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान्। जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता सबै आमामा हुन्छ।
आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ। तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ। त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत हुनुपर्छ–
गराउनुस् यस्ता जाँच
गर्भाधारणको चाहना भएको तीन महिना पहिले नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनुपर्छ। गर्भावस्थाको तीन महिनाअघि नै फोलिक एसिड सेवन गर्नुपर्छ। यो सेवनले बच्चा र आमामा रगत कमी हुँदैन। गर्भधारण भएपछि पनि नियमित जाँच गराइरहनुपर्छ। आवश्यक परे चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ। तर यो बेला आफूखुशी कुनै पनि औषधि खान हुँदैन्।
संक्रमणबाट बच्नुस्
गर्भावस्थामा आमा भाइरल इन्फेक्सनबाट बच्नुपर्छ। त्यसैले चिकित्सकहरू भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन्। सार्वजनिक स्थानमा रहेको विभिन्न संक्रमण गर्भमा रहेको शिशुमा पर्न सक्छ।
मद्यपान र धूमपानबाट टाढा
गर्भाधारण गर्न चाहने महिलाले मदिरा सेवन वा धूमपान चटक्कै छाड्नुपर्छ। मदिराको लतले गर्भ तुहिन सक्छ वा शिशुको विकास रोकिन सक्छ। धूमपानले समयअगावै जन्मिने खतरा र बच्चाको कम तौल हुनेलगायत समस्या उत्पन्न हुन्छ।
नपिउनुस् यस्ता पेय पदार्थ
गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुन्छ तर, फलफूलको ताजा रस। प्याकेज्ड जुसमा ब्याक्टेरिया हुन सक्छन्। त्यस्तै कोल्ड ड्रिंकमा धेरै चिनी र उच्च मात्रामा प्रिजर्भेटिभ्सकोे प्रयोग भएको हुन्छ। यो आमा बच्चा दुवैका लागि फाइदाजनक छैन।
नखानुस् चटपटे खाना
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणे केही चटपटे खानेकुरा खान मन लाग्छ। तर, शिशुको स्वास्थ्यको लागि आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नैपर्छ। चटपटे, पानीपुरी, कुरमुरे पिज्जा, बर्गर, स्ट्रिट फुड, आदि सेवन नगरेकै राम्रो।
बस्नुस शान्त वातावरणमा
गर्भावस्थाका वेला धेरै होहल्ला वा अशान्त वातावरणमा बस्नु हुँदैन। एक अध्ययनअनुसार ध्वनि प्रदूषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ। बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ। यो बेलामा शान्त र खुशी रहनपर्छ ।
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने