मुटुरोगबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो शरीरको महत्वपूर्ण अंग मुटुमा विविध कारणले विभिन्न खालका समस्या निम्तिन सक्छन्। यस्ता खालका समस्या आउन नदिन मुटुलाई हानी गर्ने आनीबानी तथा आहारविहारमा विशेष ध्यान दिन जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न स्वस्थ जीवन शैली अपनाउनैपर्ने हुन्छ ।
मुटु स्वस्थ राख्न अपनाउनैपर्ने यी जीवनशैली :
– चुरोट सूर्ती सेवन नगरौँ । चुरोट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
– जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । यो मुटुरोगको दोस्रो ठूलो कारण हो।
– घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
–दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
–सकारात्मक व्यक्तित्वको निर्माण गरौँ। यसबाट तनाव कम हुन्छ।
– वर्षमा केही नभए पनि एकपटक स्वास्थ्य परीक्षण गराउने गरौँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण