बदामका अनेक फाइदा
शरीरलाई स्वस्थ राख्न सबैभन्दा उपयुक्त खानेकुरा हो बदाम, जसलाई मधेसी बदामका रुपमा पनि चिनिन्छ ।
मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो बनाउन समेत सहयोग गर्दछ ।
बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्छ। यस्तो बदाम खाने सही समय बिहानको खाजा खानुभन्दा अघि हो। तर अन्य कुनैपनि बेला खान सकिन्छ । खाने समयको ठेगान नभएका बेला ४, ५ दाना बदाम खाँदा यसले केही समयका लागि भोक मेट्नका साथै उर्जा समेत प्रदान गर्दछ ।
भिजाउँदा बदाममा नरमपन आउँछ र यसमा रहेको बाहिरी पत्र सजिलैसँग यसबाट बाहिर आउँछ। यसलाई बच्चा वा वृद्ध उमेरकाले पनि सजिलैसँग खान सक्छन्। बढ्ने उमेरका बालबालिका एवं वृद्धहरुलाई अझ बढी यसको सेवन आवश्यक भएको बताइन्छ । साथै बदामको दुध बनाएर पनि खान सकिन्छ । दिमाग तेज बनाउन एवं सम्झना शक्ति बढाउन पनि बदामको सेवन उपयुक्त मानिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य