Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चा मोटाइरहेकोमा चिन्तित हुनुहुन्छ?, छुटाउनुस् यस्ता बानी

बच्चा मोटाइरहेकोमा चिन्तित हुनुहुन्छ?, छुटाउनुस् यस्ता बानी

अचेल धेरैजसो अभिभावकको टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रूपमा मोटाएपछि अभिभावक पिरोलिने गरेका छन्।

मोटोपनले सानै उमेरमा शरीर असुहाउँदो त देखिन्छ नै उनीहरू चाँडै रोगी पनि बन्छन्। बालबालिकालाई मोटाउन नदिन यी उपाय अपनाउनुपर्छ–

सर्वप्रथम उनीहरूको खानपान, आनीबानीमा परिवर्तन ल्याउनुपर्छ। बच्चालाई टेलिभिजन वा मोबाइल हेर्दै र गेम खेल्दै खाने बानी छुटाउनु पर्छ।

मोबाइल, कम्युटर, टिभीमा धेरै समय बिताउन दिनु हुँदैन। घरभित्र खेल्नेभन्दा बाहिर खेल्ने खेलमा प्रेरित गर्नुपर्छ। उनीहरूलाई खुला रूपमा दौडिन र उफ्रिन दिनुपर्छ।

थोरै थोरै खाना धेरै पटक दिनुपर्छ। ज्यादै भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ। जंकफुडमा अभ्यस्त हुन दिनुहुँदैन। भोक लाग्नुअघि नै खानेकुरा दिएपछि बच्चाहरू जंकफुडमा लोभिँदैनन्।

फलफूल, सागसब्जी पर्याप्त खाने बानी गराउनुपर्छ। यसले पनि क्रमशः जंकफुडको बानी छुट्छ। कोल्ड ड्रिंकको साटो पानी वा फलफूलकाे ताजा रस  पिउन दिनुपर्छ। धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ।

राति अबेरसम्म बस्न दिनुहुँदैन। छिटै सुताउने र बिहान छिटै उठाउने गर्नुपर्छ। बच्चालाई पर्याप्त निन्द्रा पुग्न दिनुपर्छ ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा