के हो कोरोना भाइरस?, यसरी अपनाउनुस् सावधानी
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहमध्येको एक हो।
नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। यो जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।
पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि तिनीहरूबाट मानिसमा संक्रमण फैलाएका छैनन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट संक्रमितमा हुने साझा लक्षण यस्ता छन्–
ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।
यो भाइरसको संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले दिएकाे सुझाव
नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड