बालबालिकालाई निमाेनियाबाट बचाउन डा. कविताका पाँच टिप्स
सरकारले नवजात शिशुका लागि निमोनियाविरुद्ध खोपको व्यवस्था गरेको छ। त्यसैले नटुटाई ६ हप्ता, १० हप्ता र ९ महिनामा बच्चालाई खोप लगाउनुस्।
सरसफाइमा ध्यान नदिँदा पनि बालबालिकालाई निमोनियाले समाउन सक्छ। उनीहरूको सरफाइसँगै घरभित्र र वरिपरी सफासुग्घरमा ध्यान दिनुस्।
अचेल विशेषगरी शहरी क्षेत्रमा धुलो, धुवाँजस्ता प्रदूषण व्यापक छ। सकेसम्म यस्ता ठाउँमा बालबालिकालाई नलैजानुस्। लैजानै परे उनीहरूलाई गुणस्तरीय मास्क लगाइदिने गर्नुस्।
बच्चालाई शुद्ध र स्वास्थ्यवर्धक खानेकुरा खुवाउनुस्। घरमै बनाएर खुवाउनुस्। चाउचाउ, कुरमुरेजस्ता जंक फुड र बजारमा बनेका खानेकुरा कहिल्यै नखुवाउनुस्।
बालबालिकालाई न्यानो लुगा लगाइदिनुस्। तर न्यानो पार्ने बहानामा धेरै लुगा लगाइदिँदा गर्मी भएर पसिना आउने र त्यही पसिनाको चिसोका कारण निमोनिया हुनसक्ने तथ्य नभुल्नुस्।
यी प्रक्रिया अपनाउने हो भने बालबालिकालाई निमोनियाबाट धेरै हदसम्म जोगाउन सकिन्छ।
हेर्नुहाेस् भिडियाे
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ