बालबच्चाको खोकीमा नआत्तिनुस्, जथाभावी औषधि नख्वाउनुस्
रुघा लागेपछि सबैलाई सामान्यतया केही दिन खोकी लाग्छ। कति बालबालिकालाई त ज्यादै नै हैरान पार्नेगरी खोकी लाग्छ। अभिभावक आत्तिएर जसरी भए पनि ठिक पार्न पाए हुँदो हो भन्ने सोचेर खोकी रोक्ने औषधि ख्वाउन समेत पछि पर्दैनन्।
खोकी स्वयंमा समस्या होइन। यो अनावश्यक वस्तु वा बढी निस्किएको खकार बाहिर फाल्ने आवश्यक प्रक्रिया हो। खोकी रोक्ने औषधि (सुख्खा खोकीमा) विशेषगरी ठूला मान्छेको लागि प्रयोग गरिए पनि त्यस्ता औषधिले खकार फोक्सोतिर जान सहयोग गरेर निमोनियासम्म गराउन सहयोग गर्छन्।
अतः तेस्ता औषधिको सट्टा निम्न उपाय प्रभावकारी छन्–
२–३ चम्चा महमा केही थोपा अदुवाको र तुलसीपातको रस र थोरै मरिचको धुुलो राखेर बेला बेलामा चाट्न दिने।
उत्तानो पारेर नसुताउने, कोल्टे पारेर सुताउने।
नाक बन्द भए मनतातो नुन पानीले सफा गरिदिने, पानीको बाफ लिन लगाउने वा बाफको नजिक राख्ने।
न्यानो लुगा र कान छोप्ने टोपी लगाइदिने।
वेला वेलामा मनतातो पानी खान दिने।
ज्वरो आए कसिएको लुगा नलाउने, पसिना आए नआएको वेलावेलामा जाँचेर लुगा भिजेको भए फेरिदिने, पानी अझ बढी ख्वाउने।
मुखमा धेरै र्याल जम्मा भए थुक्न लगाउने वा सफा हातले हटाइदिने।
चिसो बतासमा नबसाउने बाहिर जान नदिने, धुलो र धुवाँँबाट जोगाउने।
तातो र ताजा खानेकुरा मात्र रुचिअनुसार खान दिने।
अनार, सुन्तला आदि फलफूल वा किसमिस राम्ररी पखालेर अनि तातोपानीमा डुबाएर दिने। तर पाकेको केरा नदिने।
सास फेर्न गाह्रो भएमा वा कोखा हान्ने छिटो सास फेर्ने र जतिखेर पनि घ्यारघ्यार भएमा योग्य स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श लिएर थप उपचार गर्ने।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य