तातो दूधमा सख्खर हालेर पिउनुस्, पाउनुस् यस्ता फाइदा
तातो दूधसँग सख्खर खानु फाइदाजनक छ। यसले सानादेखि गम्भीर रोगहरूमा फाइदा गर्छ।
रगत बढाउँछ
दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ। यसलाई पिउँदा शरीरमा रगतको कमी र थकान रहँदैन।
ताैल बढ्नबाट रोक्ने
तातो दूधमा सख्खर हालेर खाँदा शरीरकाे ताैल नियन्त्रण हुन्छ। त्यसैले चिनीको ठाउँमा सख्खर मिलाएर पिउँदा ताैल कम हुन्छ।
छाला बनाउँछ मुलायम
तातो दूध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालासम्बन्धी समस्या पनि दूर हुन्छ। कपाल पनि बलियो र चमकदार हुन्छ ।
रुघाखोकीबाट आराम
जाडोमा रुघाखोकी मा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।
थकान अन्त्य
अत्यधिक थकाइ महशुस भएको छ भने तातो दूध र सख्खरको सेवन गर्नुस्, तुरुन्तै आराम मिल्नेछ।
हटाउँछ जोर्नीको दुखाइ
सख्खर खाँदा जोर्नीको दुखाइमा राहत मिल्छ। यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दूध पिउनुपर्छ।
महिनावारीमा राहत
महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दूधसँग सख्खरको सेवन गर्नुपर्छ। महिनावारी शुरु हुनुभन्दा एक हप्ता अघिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गर्दा फाइदा हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य