Health TV Online
Health TV Online

उच्च रक्तचाप नियन्त्रण गर्ने उपाय

उच्च रक्तचाप नियन्त्रण गर्ने उपाय

मुटुको धमनीमा चाप बढे वा रक्तनली साँघुरिए उच्च रक्तचाप हुन्छ। यसले गर्दा शरीरका सबै अंगमा रगत पुग्न दबाब बढ्छ। उच्च रक्तचाप भएमा टाउको दुख्ने, रिंगटा लाग्ने र मुटुको धड्कन बढ्ने समस्या हुन्छ।

जीवनशैली परिवर्तन गरेर, स्वस्थ खानेकुरा खाएर, नुन कम गरेर तथा नियमित एक्सरसाइज गरेर पनि उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्न सकिन्छ। नियमित रूपमा व्यायाम गर्नाले मुटु स्वस्थ हुनुका साथै बलियो हुन्छ ।

सन् २०१४ मा आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस तथा भास्कुलर बायोलोजी एलमा प्रकाशित एक अध्ययनअनुसार मुटुका लागि हिँड्नु पनि निकै राम्रो मानिन्छ। हिँडाइले मुटुसम्बन्धी रोगको खतरा कम गर्न सकिन्छ।

रक्तचापको स्तर, आस्टियोपोरोसिस लगायत केही विशेष प्रकारको क्यान्सरलाई पनि हिँडाइद्वारा नियन्त्रण गर्न सकिन्छ। त्यसैले, दैनिक ४५ मिनेट वा कम्तीमा आधा घण्टा हिँड्नुस्।

त्यस्तै पौडी पनि रक्तचाप नियन्त्रण गर्ने एउटा उपाय हो। द अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनअनुसार स्वमिङद्वारा सिस्टोलिक (माथिल्लो) रक्तचापलाई सहजै कम गर्न सकिन्छ।

रक्तचाप नियन्त्रण गर्न साइकलिङ पनि प्रभावकारी उपाय मानिन्छ। जर्नल अफ द अमेरिकन हार्ट एसोसिएसनले जनाए अनुसार साइकिलिङद्वारा रक्तचाप नियन्त्रित गर्न सकिन्छ। यसका साथै, कोलेस्ट्रोल, ब्लड ग्लुकोज तथा तौल पनि नियन्त्रण गर्न सकिन्छ।

त्यसबाहेक धूमपान र मद्यपान त्यागेर, कैफिनको सेवन कम गरेर उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। साथै वेलावेलामा रक्तचाप जाँच गराउन भने भुल्नुहुँदैन।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार