मर्निङ वाक गर्नुहुन्छ? ध्यान दिनुस् यी कुरा
बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपछि शौचकर्म गर्नुस् अनि मात्र दौडिनुस्।
बिहान दौडिँदा लगाउने जुत्ता निकै सजिलो र हलुको हुनु जरुरी छ।
दौडिनुअघि शरीरलाई दायाँबायाँ चलाउने, ‘वार्म अप’ गर्ने गर्नुपर्छ।
दौडिन शुरु गर्नेबित्तिकै गति बढाउनु उपयुक्त हुँदैन। ७–८ मिनेटपछि मात्र ‘स्पिड’ बढाउनुपर्छ।
दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने गरिरहनुपर्छ । दौडिने वेला श्वासप्रश्वास नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ।
दौडिने क्रममा पैतालाको चाल सुन्ने प्रयास गर्नुपर्छ । यस्तो आवाज सुनिनुको अर्थ हुन्छ, जोडले दौडिएको। यसो गर्दा मन र मस्तिष्क पनि एकाग्र हुन्छ।
दौडिन शुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु उपयुक्त हुन्छ। दौडेर घर फर्केपछि नुहाउनु शरीरका लागि लाभदायक हुन्छ।
त्यसपछि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन