क्यान्सरबाट बच्न पर्याप्त खानुस् ब्राेकाउली
ब्रोकाउली भिटामिन ‘के’ र ‘सी’को राम्रो स्रोत हो। ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ।
ब्रोकाउलीमा भिटामिन तथा अन्य पोषण तत्त्व हुने भएकाले यसले पोषणमा विशेष भूमिका खेल्छ। यसमा हुने ‘बायो एक्टिभ कम्पाउण्ड’ले संक्रमणलाई रोक्न सहयोग गर्छ। यस्तै घाउ सुन्निनबाट राेक्न तथा संक्रमण हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
यसमा भएकाे बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सर र प्रोस्टेट क्यान्सर रोक्न सक्छ।
ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त हुन्छ। यसैगरी ब्रोकाउलीमा भएका तत्त्वका कारण मस्तिष्कको क्रियाशीलतामा कमी आउने क्रम कम हुन्छ।
ब्रोकाउलीबाट फाइदा लिन वा यसबाट पाैष्टिक तत्त्व नष्ट हुन नदिन बफ्याएर, रोस्ट गरेर पकाउनुपर्छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै