शरीरमा अनावश्यक कोलेस्ट्रोल जम्मा हुन नदिन…
विशेषगरी रगतमा पाइने बोसोलाई काेलेस्ट्रोल भनिन्छ। कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ। तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा बढी हुन्छ। यस्तो भएमा शरीरमा नकारात्मक असर पुग्छ।
शरीरमा अनावश्यक काेलेस्ट्राेल जम्मा हुन नदिन यी उपाय अपनाउनु पर्छ–
नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ।
शरीरमा भिटामिन डीको कमी भई कोलेस्ट्रोलको मात्रा बढ्छ। तसर्थ, सकेसम्म दिनमा एकपटक घाममा बस्नुपर्छ।
चिल्लो, भुटेको, तारेका खानेकुरा खानुहुँदैन। फास्टफुड पनि नखाएकै बेस। किनकि, यस्ता खाद्यपदार्थले शरीरमा अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छन् ।
सकेसम्म शाकाहारी भोजन गर्नु लाभदायक हुन्छ। ताजा तरकारी र मौसमी फलफूल खानुपर्छ। स्याचुरेटेड फ्याट बढी मात्रामा पाइने माछा, मासु, अन्डाको भित्री भाग कम खानुपर्छ।
धूमपान र मद्यपानजस्ता कुलतबाट टाढा रहनुपर्छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै