हरियाे धनियाँकाे औषधीय गुण
धनियाँ करेसाबारी र गमलामा सजिलै उमार्न सकिन्छ। अचारमा होस् वा तरकारीमा धनियाँले स्वाद थप्छ। यसमा क्याल्सियम, आइरन, पोटासियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ। त्यसैले धनियाँमा औषधीय गुण पनि हुन्छ।
नियमित धनियाँको जुस सेवन गर्नाले पाचनक्रिया स्वस्थ बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाँको जुसले फाइदा पुग्छ।
बिहान खाली पेटमा धनियाँको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ। सुत्नुअघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ। यसले शरीरलाई आराम दिनुका साथै राम्रो निद्रा लगाउन मद्दत गर्छ।
धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियाँमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ। यसले हड्डी बलियो बनाउँछ। साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ।
धनियाँमा एन्टीसेप्टिक गुण हुन्छ। यसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ। नियमित धनियाँ सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ।
धनियाँ मधुमेह कम गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ। धनियाँले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य