यस्ताे वेला नमाड्नुहोस् आँखा
सामान्यतया आँखा कुनैवेला पनि माड्नुहुँदैन। आँखामा बाहिरी वस्तु, मसिना ढुंगा, धातु, सिसाको टुक्रा पसेको अवस्थामा झन् आँखा माड्नुहुँदैन।
कोही सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ। अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ।
चिसो पानी आँखामा छ्यापेर आँखा झिमझिम गर्दा पनि त्यस्ता वस्तु निस्कन सक्छन्। आँखामा परेको बाहिरी वस्तुलाई निकाल्न या औँला वा सिन्काको प्रयोग गर्नुहुँदैन।
निकै पीडा भएमा या ठूलै चोट लागेको अनुभव भए आँखामा कटन ‘आइप्याड’ लगाएर तुरुन्त आँखाको डाक्टरकहाँ जानुपर्छ। समयमै उपचार गराएमा आँखालाई अरू बढी नोक्सान हुनबाट बचाउन सकिन्छ।
त्यस्तै आँखामा रंग वा कीटनाशक वस्तु पर्न गए शान्त भएर बस्नुपर्छ। रुमालले पुछ्ने, आँखा माड्ने, आँखामा पट्टी बाँध्ने वा चिम्लिने गर्नुहुँदैन। यसो गर्नाले रसायन आँखाको भित्री सतहसम्म पुग्न सक्छ।
यस्तो वेला लगातार १५–३० मिनेटसम्म शुद्ध पानीले आँखा सफा गर्नुपर्छ। नजिकको आँखा अस्पतालमा तुरुन्तै जाँच गराउनुपर्छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य