Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह छ? अपनाउनुस् यस्ताे जीवनशैली

मधुमेह छ? अपनाउनुस् यस्ताे जीवनशैली

रगतमा ग्लुकोजको मात्रा बढी हुनुलाई मधुमेह  भनिन्छ। मधुमेह भन्नाले खाली पेटमा ग्लुकोजको मात्रा घट्दै जानु वा रगतमा ग्लुकोजको मात्रा बढ्नाले औषधि सेवन गर्नुपर्ने अवस्था भन्ने बुझिन्छ।

यो रोग प्यांक्रियाजबाट ‘इन्सुलिन सेक्रेसन’मा खराबी वा इन्सुलिनले गर्ने कार्यमा खराबी वा दुवै कारणले हुन्छ।

लक्षणहरू

पटक पटक पिसाब हुनु,

ज्यादा तिर्खा लाग्नु,

तौल घट्नु,

खानामा रुति बढ्नु,

र, धमिलो देख्नु

लामो समयसम्म यो रोग लागिरहेमा यसले शरीरका विभिन्न अङ्गहरु जस्तै आँखा, मृगौला, नशा रक्तनली र मुटुलाई हानि गर्न सक्छ।
परिवारमा कसैलाई मधुमेह भएको, मोटोपना, विलासी जीवनशैली, उच्च रक्तचाप वा गर्भवती अवस्थामा मधुमेह भएको इतिहास हुनु मधुमेह रोगको प्रमुख कारक तत्त्व हुन्।

जीवनशैली व्यवस्थापन वा ग्लुकोज कम गर्ने औषधिको सेवनले केही बिरामीहरूमा रगतमा ग्लुकोजको मात्रा कम गर्न सकिन्छ। यस्ता औषधि सेवनबाट नियन्त्रण नभएमा इन्सुलिन (सुई) लगाउनु पर्छ।

उपचार प्रभावकारी बनाउन र जटिलताहरू रोक्न नियमित अनुगमन र जाँच गर्नु आवश्यक हुन्छ।

रोकथाम र व्यवस्थापन

जीवनशैलीलाई परिवर्तन गर्नुहोस्।

सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्नुहाेस्।

नियमित शारीरिक व्यायाम गर्ने हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कमसेकम ३० मिनेट पौडी खेल्ने गर्नुहाेस्,

धूमपान नगर्नुहाेस्।

यदि मधुमेहकाे  लक्षण देखिएकाे छ  भने नियमित रूपमा परीक्षण गराउनुहोस्।

चिकित्सकको सिफारिस अनुसार रगतमा चिनीको मात्रा कम गर्ने औषधि सेवन गर्नुहोस्।

चिकित्सकले दिनभरको सुझाव बमोजिम खानपिनमा विशेष ध्यान दिनुहोस् र सुझावहरू पालना गर्नुहोस्।

यदि इन्सुलिन लिन थालिसक्नुभएको छ भने यसको सही प्रयोग कसरी गर्ने भन्नेबारे जान्नुहोस्।

रगतमा ग्लुकोजको मात्रा र सम्भावित जटिलताहरूको विकासको अनुगमन गर्न समय–समयमा चिकित्सककहाँ जाँच गराउनुुहोस्।

रगतका चिनीको मात्रा कम हुन नदिन यसका लक्षण र ध्यान दिनुपर्ने वा सावधानीबारेआफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा