चिन्ता नियन्त्रण गर्ने सरल उपाय
चिन्ता नहुने मानिस को होला र! चिन्ता भावनासँग जोडिएको प्रक्रिया हो। कुनै कुरामा असफलता, आफू र आफ्नो परिवारको खराब स्वास्थ्य अवस्थालगायत कारण मानिस चिन्तामा पर्छ।
तर, यस्ता कुरालाई धेरै नकारात्मक रूपमा लिनुहुँदैन। तनाव लिनुहुँदैन। जीवनयापनका क्रममा आइपर्ने उतारचढावका रूपमा लिएर अगाडि बढ्नुपर्छ।
चिन्ताको विषयलाई आफूमा हावी हुन पनि दिनुहुँदैन। नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ। भनिन्छ नि चिन्ताले मानिसलाई चितासम्म पुर्याउँछ।
चिन्तालाई यियन्त्रणमा राख्न विचार भावना र व्यवहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुँदैन।
शारीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न ‘रिल्याक्सेसन’का व्यायाम गर्न सकिन्छ। यूट्युबमा ‘प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन’ खोजेर हेर्न सकिन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड