माेटाउन चाहनुहुन्छ? खानुहाेस् यी खानेकुरा
कतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ–
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएकाे छ।
प्रोटिनयुक्त पदार्थ
माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ।
मौसमी फलफूल
मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।
क्यालोरीयुक्त खाना
बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ।
केरा
केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।
काजु\बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।
एजेन्सी




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य