टाउको दुखिरहनु घातक रोगको संकेत हुन सक्छ, ख्याल गरौं
टाउको नदुख्ने मानिस कमै होलान्। विभिन्न कारणले मानिसको टाउको दुख्ने गर्छ । टाउको दुखाइलाई तपाईँ हामीले सामान्य रूपमा लिने गरेका छौं तर, टाउको दुखाइ सधैँभरि सामान्य नभई घातक रोगको लक्षण पनि हुनसक्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।
सामान्यतया आँखाको माथिल्लो भाग वरिपरीको दुखाइलाई टाउको दुखेको भनिन्छ। टाउको दुखाइ विभिन्न कारणले हुन्छ। कहिलेकाहीँ टाउको दुखाइ अति सामान्य कारणले हुन सक्छ भने कहिलेकाहीँ धेरै नै घातक रोगका कारण पनि टाउको दुखेको हुनसक्छ जुन आम मानिसले याद गर्दैनन्। जसले गर्दा बिरामीको अंगभंग हुने र कहिलेकाहीँ मृत्युसमेत हुने गर्छ।
टाउको दुखाइका प्रकार र कारण :
अति सामान्य कारण
कहिलेकाहीँ तनावका कारण, निद्रा नपुगेका कारण, थकानले गर्दा पनि टाउको दुख्ने गर्छ। जुन दुखाइ घरमै सामान्य आराम गर्ने, पानी प्रशस्त खाने गर्नाले आफैँ निको हुन्छ। यसको लागि औषधिको आवश्यकता पर्दैन।
सामान्य कारण
शरीरमा भएको कुनै रोगका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ भनिन्छ जुन सामान्य उपचार पछि निको भएर जान्छ। जस्तै कसैलाई माइग्रेनका कारण टाउको दुख्ने हुन्छ, कसैलाई आँखा कमजोर भएर पनि टाउको दुखिरहेको हुनसक्छ। यस्तै डिप्रेसन, पिनास उच्च रक्तचाप जस्ता कारणले पनि टाउको दुख्छ। यस्तो प्रकारको टाउको दुखाइलाई औषधिको माध्यमबाट निको पार्न सकिन्छ।
घातक कारण
घातक कारणले टाउको दुख्दा बिरामीलाई असह्य पीडा हुन्छ। यस्ता कारणहरुको बेवास्ता गरिए ज्यानै जान सक्छ। यो कम हुने भए पनि यसका कारण अत्यन्त घातक हुने भएकाले यसको उपचार यथासम्भव चाँडो हुनु जरुरी छ।
जस्तै– बे्रन ट्युमर,मष्तिष्क ज्वरो, मष्तिष्कको टिबी,मस्तिष्काघात आदि कारणले टाउको दुखेको हुन सक्छ।
यस्तो टाउको दुखाइ घातक मानिन्छ–
–४० वर्षभन्दा माथिको उमेरमा टाउको दुख्न शुरु हुनु
–अचानक दुखाइ शुरु हुनु
–दुखाइ क्रमैसँग बढ्दै जानु
– दुखाइसँगै मुख बांगिनु
–दुखाइमा परिवर्तन हुनु
–कुनै चोटपटकपछि दुख्नु
उपचार
सामान्यतया टाउको दुखाइको उपचार भनेको आराम र तनावरहित जीवन जिउनु हो । त्यसपछि मात्र औषधिको सेवन । तर लगभग ६० प्रतिशत बिरामी टाउको दुखाइलाई बेवास्ता गर्ने र आफैँ औषधि पसलमा गई नदुख्ने औषधि किनेर खाने गर्छन् जुन पछि गएर घातक हुन सक्छ। टाउको दुखाइ समयमै उपचार गरे निदान र उपचार हुने भए पनि धेरैले यसमा हेलचेक्र्याइँ गर्छन्। त्यसैले टाउको दुखाइलाई बेवास्ता नगरौँ। बेलैमा ध्यान पुर्याऔँ।
डा. रागेश कर्ण, नशारोग विशेषज्ञ
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै