तनाव हटाउन खानुस् फाइबरयुक्त खानेकुरा
तनाव र खानपानको सम्बन्ध के होला? शोधकर्ताहरूको भनाईअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पूरै शरीरमा बाधा उत्पन्न गराउँछ ।
तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ । एक अध्ययनका अनुसार ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड (एससीएफए) पेटका कोषहरूका लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले ‘शर्ट चेन फ्याटी एसिड’को उत्पादनलाई बढाउँछ ।
शोधकर्ताहरूका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम गर्छ। दाल, गेडागुडी, ओट्स, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीमा फाइबरको मात्रा धेरै हुन्छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान