तनाव हटाउन खानुस् फाइबरयुक्त खानेकुरा
तनाव र खानपानको सम्बन्ध के होला? शोधकर्ताहरूको भनाईअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पूरै शरीरमा बाधा उत्पन्न गराउँछ ।
तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ । एक अध्ययनका अनुसार ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड (एससीएफए) पेटका कोषहरूका लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले ‘शर्ट चेन फ्याटी एसिड’को उत्पादनलाई बढाउँछ ।
शोधकर्ताहरूका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम गर्छ। दाल, गेडागुडी, ओट्स, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीमा फाइबरको मात्रा धेरै हुन्छ।
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान