क्यान्सरबाट बचाउने तरकारी
ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, भिटामिन ‘के’ र ‘सी’को राम्रो स्रोत पनि हो। ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ।
यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ।
ब्रोकाउलीमा भिटामिन तथा अन्य पोषण तत्त्व हुने भएकाले यसले पोषणमा विशेष भूमिका खेल्छ। यसमा हुने बायोएक्टिभ कम्पाउण्डले संक्रमणलाई रोक्न सहयोग गर्छ। यस्तै घाउ सुन्निन तथा संक्रमण हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
यसमा भएकाे बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सरर प्रोस्टेट क्यान्सर रोक्न सक्छ।
ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त हुन्छ। यसैगरी ब्रोकाउलीमा भएका तत्त्वका कारण मस्तिष्कको क्रियाशीलतामा कमी आउने क्रम कम हुन्छ।
ब्रोकाउली कसरी पकाइन्छ भन्ने कुराले त्यसबाट पाइने भिटामिन तथा अन्य तत्त्वको अवस्था निर्धारण हुन्छ। बफ्याउउने, रोस्ट गरेर पकाए यसमा रहेका पौष्टिक तत्त्व जोगिन्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?