Health TV Online
Health TV Online
Health TV Online

मुलालाई नगर्नुस् हेलाँ, यस्ता छन् फाइदा

मुलालाई नगर्नुस् हेलाँ, यस्ता छन् फाइदा

हेल्थ टिभी अनलाइन : मुलालाई कमसल खालको तरकारी मान्ने चलन हाम्रो समाजमा छ। कहिलेकाहीँ अचार बनाउन र तरकारीमा बाहेक यसको प्रयोग त्यति धेरै गरिँदैन। तर याद राख्नुस्, मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ।

मुला यति स्वास्थ्यमैत्री खाना हो, जसले एक होइन, अनेक लाभ दिन्छ । खासगरी पाचन प्रणालीमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ। काँचो मुलामा भिटामिन्स, फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसित काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पुर्‍याउँछ।

मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ। एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ । मुलाले शरीरमा विषाक्त जम्मा हुनबाट रोक्नुका साथै शरीरमा रहेका सम्पूर्ण विषाक्त पदार्थ बाहिर फाल्नमा मद्दत गर्छ ।

कब्जियतका कारण पनि पाइल्स हुन्छ। मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ। त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरू मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्छन् ।

मुलामा नन–डाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ तौल कम गर्नमा लाभदायक मानिन्छ। त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ। यसले ‘वेली फ्याट’ पनि कम गर्ने हुदाँ वजन कम गर्न चाहनेहरूका लागि राम्रो विकल्प हुन सक्छ।

मांसपेशीलाई मजबुती प्रदान गर्न पनि शरीरलाई विभिन्न पोषणतत्त्वको आवश्यकता पर्छ। त्यसमध्यको एक प्रोटिन पनि हो, जसले मांसपेशीमा ब्लिडिङ्ग ब्लक सरह काम गर्छ। मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न जरुरी छ ।

मुलामा विशेषगरी ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । मुलामा ‘डिटक्सिफाइङ’ तत्त्व हुने भएकोले यसले रगतमा भएका विषाक्त पदार्थ छान्न मद्दत गर्छ। साथै, यसले विषाक्त पदार्थ सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार