Health TV Online
Health TV Online

औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा

मुखमा कालोपट्टी बाँधेर विभागमा धर्ना

औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा

हेल्थ टिभी अनलाइन : औषधिको मूल्य नीति सम्वन्धी प्रतिवेदनको चर्को विरोध गर्दै १० वटा संस्थाहरुले मुखमा कालोपट्टी बाँधेर औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका छन् ।

औषधिको मूल्य नीति सुझाव समितिले गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदन प्रति असन्तुष्टी जनाउदै औषधिसँग सिधै सरोकार राख्ने १० वटा व्यवसायिक संघ संस्थाहरुले मुखमा कालोपट्टी बाँधेर दुई घण्टा विभागमा धर्ना दिएका हुन् ।

व्यवसायीहरुले प्रतिवेदन खारेज वा परिमार्जनको माग गर्दै आएका थिए । तर सरकारको तर्फबाट कुनै सुनुवाइ नभएपछि शुक्रबार उनीहरू औषधि व्यवस्था विभागको परिसरमा जम्मा भई विरोधमा उत्रिएका हुन् । विरोधको पहिलो दिन उनीहरुले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन् ।

औषधि उत्पादक संघ, नेपाल आयातकर्ता संघ, औषधि व्यवसायी संघ  लगायतका  १० वटा संस्थाले संयुक्त रूपमा आन्दोलन थालेका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना