आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
हेल्थ टिभी अनलाइन : नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनबिच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहरुलाई तालीम दिइ दक्ष जनशक्तिको रुपमा विकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम संचालनका लागि यो परियोजना संचालन गरिएको हो । भविश्यमा आवस्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम संचालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणीय छ, अब विश्व स्तरमै संचालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै संचालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना संचालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा ऋषिराज बोराहले भने ।
यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम,वेट ल्याब व्यबस्थाप तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालिममा सहभागी हुन सक्नेछन्, जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ ।
अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ ।
त्यस्तै यो परियोजना अन्तर्गत संचालन हुने तालिममा नेपालमा रहेका सम्पुर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजि आँखा अस्पतालहरु,स्वास्थ सेवा प्रतिस्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुनसक्नेछन् । उक्त तालिमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषयबिज्ञहरुद्धारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार परियोजना संचालनका लागि हाललाई बिराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ भने बिस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकार को विश्वस्तरिय तालिम संचालन गरिने बताए ।
संघका कार्यक्रम व्यवस्थापक रन्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्षबाट देश बाहिरका जनशक्तिहरुको लागि समेत खुला गरिनेछ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय