नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक लिंग परिवर्तन गर्ने शल्यक्रिया सम्पन्न भएको छ । ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया सेक्स चेन्ज अपरेसन सफल रुपमा गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उक्त शल्यक्रिया गरिएको हो । सो विषयमा जानकारी दिन अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन मेल टु फिमेल सम्पन्न गरिएको बताइयो ।
अस्पतालले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जनाएको छ । अस्पतालले यस खालको शल्यक्रियाले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरेको छ । साथै यस्तो सेवा आगामी दिनमा विस्तार गर्दै लाने समेत जनाएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्