Health TV Online
Health TV Online

ट्रमा सेन्टरले सुरु गर्‍यो ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’

ट्रमा सेन्टरले सुरु गर्‍यो ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’

हेल्थ टिभी अनलाइन : राष्ट्रिय ट्रमा सेन्टरले आजबाट ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’ सुरू गरेकाे छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा ट्रमा सेन्टरले सुरु गरेको सो तालिममा २४ जना मेडिकल अधिकृत सहभागी भएको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए ।

तीन दिनसम्म चल्ने तालिममा अधिकांश राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु सहभागी छन् । केही संख्यामा भने ग्राण्डी अस्पताल, धुलिखेल अस्पताल कार्यरत चिकित्सक पनि डा रिजालले जानकारी दिए ।उनले यस्तो खालको मेडिकल अधिकृतलाई दिइएको तालीम नेपालकै पहिलो हो भन्दै यसलाई नियमित रुपमा ट्रमा सेन्टरले सञ्चालन गर्ने बताए ।

तालिमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानव जीनव बचाउनका लागि यो खालको तालिम महत्वपूर्ण रहेको बताएका छन् ।

कुनै पनि भवितव्य तथा दुर्घटनापछि आउने परिणामको व्यवस्थापनका लागि यो तालीम फ्रन्टलाइनरले लिनै पर्ने समेत जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट