Health TV Online
Health TV Online
Health TV Online

हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय

हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ समिट गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानका उपाय निकाली सुधारका लागि मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली स्वास्थ्य विज्ञहरुको सहभागिता गराई नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् । यसका लागि ९ सदस्यीय कार्यदल समेत गठन भइसकेको छ ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले समिट कहिले, कहा, कुन मितिमा गर्ने र कस्तो किसिमले गर्ने भन्नेबारेमा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा