सीएमएएओको अध्यक्षमा डा अनिल विक्रम कार्की

हेल्थ टिभी अनलाइन : कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन इन एशिया एण्ड ओसिआनिया (सीएमएए) को अध्यक्ष पदमा नेपालबाट नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिल विक्रम कार्की निर्वाचित भएका छन्।
एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था ‘सीएमएएओ’को फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा निर्वाचित डा कार्कीले सन् २०२५ देखि २०२६ सम्म एक वर्षको लागि ‘सीएमएएओ’को नेतृत्व गर्ने छन् ।
‘सीएमएएओ’मा नेपाल मेडिकल एसोसिएशन सहित अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान र थाइल्याण्ड मेडिकल एसोसिएसन सहित १२ वटा मेडिकल एसोसिएशन आवद्ध छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्