वात्सल्यको नयाँ क्लिनिक मेडिसिटीमा

हेल्थ टिभी अनलाइन : वात्सल्य नेचुरल आइभीएफले ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा आफनो नयाँ क्लिनिक खोलेको छ । आफनो ८ औं वार्षिकोत्सवको अवसर पारेर वात्सल्यले नयाँ क्लिनिक खोलेको हो ।
सोमबार क्लिनिकको उद्घाटन गर्दै मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा हुन नसक्ने दम्पत्तीको लागि वात्सल्यको सेवा वरदान सावित हुने बताए । उनले बच्चा नहुनुको पीडा ती दम्पत्तीलाई मात्र थाहा हुने भन्दै वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको भन्दै यो कार्यमा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।
वात्सल्यले वार्षिकोत्सवकै अवसर पारेर आफनो क्लिनिकको रिब्रान्डीङ गर्दै नयाँ कलर तथा नयाँ विषयवस्तु र नयाँ नारा ‘नयाँ आशा, नयाँ जीवन’ अघि सारेको छ ।
वात्सल्य समूहले नक्साल, भक्तपुर, नेपालगंज, चितवन, बुटवलमा यसअघि नै शाखा क्लिनिक खोलिसकेको छ भने पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको जनाएको छ । वात्सल्यले विगत ८ वर्षमा ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिन सकेको पनि जनाएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्