बागमती प्रदेशले ऐन नबनाउँदा अस्पताल नवीकरणमा समस्या परेको अफिनको गुनासो

हेल्थ टिभी अनलाइन : निजी अस्पतालहरुको छाता सगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा समस्या परेको जनाएको छ।
काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश अन्तर्गतका २६ देखि २०० शैया सम्मका अस्पताल नवीकरण हुन नसकेको बताइएको हाे।
अफिनका अध्यक्ष डा पदम बहादुर खडकाले संघियतामा गएसँगै २६ देखि २०० शैया सम्मका अस्पताल स्थापना तथा नविकरण गर्ने अधिकार प्रदेश सरकारलाई भएको र त्यसका लागि आवश्यक कानुन बन्नु पर्नेमा सो नबन्दा बागमती प्रदेशमा २६ देखि २०० शैया सम्मका अस्पताल नविकरण हुन नसकेको बताए ।
उनले कानून नबन्दा नवीकरण हुन नसकेको र नवीकरण नहुँदा आर्थिक कारोबारदेखि उपकरण खरिद तथा सेवामा असर गरेको भन्दै तुरुन्त ऐन बनाएर अस्पतालको नवीकरणमा सहजीकरण गर्न माग समेत गरे । अफिनले जनस्वास्थ्य ऐन २०७५ अनुसारको ५ वर्षे इजाजत लागु नभएको तथा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ व्यावहारीक तथा वैज्ञानिक नरहेको भन्दै मापदण्ड संसोधनको माग समेत गरेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्