देशभरका ७४ जिल्लामा फैलियो डेंगु

हेल्थ टिभी अनलाइन : लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण देशका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार डेंगुका बिरामी ७४ जिल्लामा देखिएका छन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।
सन् २०२४ को जनवरी देखि हालसम्म ३ हजार ७ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको पनि महाशाखाले जनाएको छ । यीमध्ये प्रदेश अनुसार गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८ कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८, सुदूरपश्चिममा २ सय ९५, मधेसमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्लामा सबैभन्दा धेरै ७ सय १५ जना सबैभन्दा बढी संख्यामा डेंगु संक्रमितको संख्या रहेको छ । त्यसै गरी काठमाडौंमा ३ सय ५४, कास्कीमा २ सय ७४, झापामा १ सय ४७, चितवनमा १ सय ४५, पर्वतमा १ सय ३६, मकानपुरमा ९० र गोरखामा सबैभन्दा कम ८५ जना डेंगु संक्रमित बिरामी प्रमाणित भएका छन् ।
सन् २०२३ मा ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । नेपालमा २००६ र २०१० मा डेंगुले प्रकोपकै रूप लिएको थियो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्