परिवारमा कसैलाई डेंगु भएको छ भने अन्य सदस्य कसरी जोगिने ?

हेल्थ टिभी अनलाइन : यदि परिवारमा कसैलाई डेंगु संक्रमण भएको छ भने अन्य सदस्यहरुमा पनि हुनसक्छ । त्यसैले अन्य सदस्यहरुलाई डेंगु सर्न नपाओस भन्नका लागि केही सावधानीहरु अनपाउन सकिन्छ ।
डेंगु संक्रमित लामखुटेटेको टोकाइबाट हुने रोग हो । त्यसैले पहिलो कुरा त डेंगु संक्रमितलाई लामखुट्टेले थप टोक्न नपाओस भनेर झुल भित्र मात्र सुत्न, आराम गर्न र बस्न लगाउने काम गर्नुपर्छ । यसैगरी संक्रमितको हेरचाहमा खटिने व्यक्तिले पनि पूरा बाहुला भएको लुगा लगाउनुपर्छ ताकी लामखुट्टेले टोक्न नपाओस । लामखुट्टे धपाउन धुप वा कोइल बालेर पनि लामखुट्टे धपाउन सकिन्छ । यसैगरी लामखुट्टेले जमेको पानीमा अण्डा पार्ने हुँदा आफनो वरपर पानी जम्न नदिने काम गर्नुपर्छ । यसैगरी घरभिज्ञ सजिलै लामखुट्टे पस्न नपाओस भनेर ढोका तथा झ्यालमा जाली राख्ने गर्नुपर्छ । यसो गर्ने हो भने धेरै हदसम्म लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ र लामखुट्टेको टोकाइबाट जोगिनु भनेको नै डेंगुबाट जोगिनु हो ।
डेंगु संक्रमण भएमा टाउको दुख्ने, थकाई लाग्ने, उच्च ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्