जन्मेको एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउन आवश्यक

हेल्थ टिभी अनलाइन : अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । स्तनपानका फाइदाकाबारेमा सबैलाई जानकारी दिने उद्धेस्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।
स्तनपान शिशुका लागि अमृतसमान हो । तर पनि धेरै आमाहरुले विभिन्न कारणले आफनो बच्चालाई स्तनपान गराउन नसकिरहेको अवस्था छ । नेपालमा जम्मा ५६ प्रतिशत आमाले मात्र आफना शिशुलाई पूर्ण स्तनपान गराउने गरेको तथ्यांक छ । यसैगरी शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको बेगौती दूध ख्वाउनुपर्ने भए पनि नेपालमा जम्मा ५५ प्रतिशत आमाले मात्र एक घण्टाभित्र दूध ख्वाउने गरेको तथ्य छ ।
जबकी विगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रुपमा पनि लिने गरिन्छ । यसले शिशुलाई धेरै रोगहरुबाट बचाउने विज्ञहरुको भनाई छ । स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकासमा समेत मद्धत गर्ने बताउँछन् डा विवेक कुमार लाल ।
यसैगरी स्तनपान गराउने आमा र शिशुको बीचमा गहिरो भावनात्मक सम्बन्ध हुने पाइन्छ । ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाए पुग्छ । किनकी आमाको दुधमा ६ महिना सम्मका बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोष्टिक तत्वहरु पाइन्छ । त्यसपछि भने अन्य थप आहार दिनुपर्ने हुन्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्