Health TV Online
Health TV Online

दुई सातामै २० जनामा हैजा संक्रमण पुष्टि

पानी उमालेर मात्र पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

दुई सातामै २० जनामा हैजा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन : यो वर्ष साउन महिनायता मात्रै २० जनामा हैजा संक्रमण पुष्टि भएको छ । साउन लागेपछिको दुई सातामै काठमाडौं ललितपुर र कैलालीमा गरी २० जनामा हैजा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै यो दुई सातामै २० जनामा हैजा देखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ , गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिनसक्ने हुँदा सम्पूर्ण सरोकारवालाहरु सजग र सतर्क रहन अनि आवश्यक हुन्छ । पानी उमालेर तथा क्लोरिन राखेर शुद्धीकरण गरेर मात्र पिउन पनि विज्ञप्तिमा सबैलाई आग्रह गरिएको छ । हैजा अति तीब्र फैलिने संक्रामक झाडापखाला हो ।

यसको जीवाणुका कारण पातलो दिसा गइरहने, वान्ता हुने, कमजोरी महशुस हुने, आँखाको अगाडीको भाग दुख्ने, घाँटी सुख्खा हुने तथा जनवियोजन भई बिरामीको मृत्यु समेत हुने हुन्छ । दूषित पानी र दूषित खाना नै यसको मुख्य कारण भएकाले पानी र खानेकुरामा यो वर्षातको बेला अझ बढी ध्यान दिन जरुरी हुने मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार