बच्चालाई पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु बढी

हेल्थ टिभी अनलाइन : नेपालमा आफनो बच्चालाई पूर्ण स्तनपान नगराउनेमा अशिक्षित भन्दा पनि शिक्षित आमाहरु बढी रहेको पाइएको छ ।
सोमबार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोषण शाखा प्रमुख लिला विक्रम थापाले पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु नै बढी देखिएको जनाएका हुन्। उनले अन्य क्षेत्रमा शिक्षा बढ्दै जाँदा उपलब्धी पनि बढ्दै जाने भए पनि स्तनपानको सवालमा भने उल्टो भएको जिकीर गरे । उनले भने, ‘जति जति आमाहरुको शिक्षा बढ्दै गएको छ ती आमाहरुमा पूर्ण स्तनपान गराउनेको संख्या कम हुँदै गएको पाइएको छ ।’
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार नेपालमा पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिएको छ भने न्यून आय भएका ६४ प्रतिशत र उच्च आय भएका ४४ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराएको पाइएको छ । यो तथ्यांकले पढे लेखेको आमाहरुले नै पूर्ण स्तनपानलाई प्राथमिकतामा नराखेको देखिएको बताउँछन परिवार कल्याण महाशाखा प्रमुख डा विवेक कुमार लाल । उनले नेपालमा पूर्ण स्तनपान गराउनेको आमाहरुको संख्या वर्षेनी कम हुँदै जानु चिन्ताको विषय भएको पनि जिकीर गरे ।
नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत छ भने पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत रहेको छ । नेपालमा आफना शिशुलाई बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको छ । विश्वमा बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुन्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्